कांग्रेस–माओवादी गठवन्धन भत्काउने योजनाका सुत्रधार केपी ओली हुन्ः गौतम

‘कम्युनिष्ट गठवन्धन बन्यो, मलाई खुशी लागेको छ, अब समाजवाद ल्याउन सकिन्छ’

Advertisement

काठमाडौं ।  पूर्वगृहमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमवार नेकपा एमालेसहित (माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको बताए । 

यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने गौतमले बताए । उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि एमालेका अध्यक्ष केपी ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउन नहुने बताए । 

Advertisement

नेता गौतमले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने बताए । उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने बताए । 

काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको गौतमको भनाई छ । उनले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । गौतमले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी गरे । 

उनले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । गौतमले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए । 

Advertisement