काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक प्रदर्शनलाई स्थगित गरेको छ । जनसहभागिता उत्साहजनक नभएपछि उसले आफ्नो विरोध प्रदर्शन स्थगित गरेको हो ।
आफ्ना सभापति रवि लामिछानेलाई सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा लगेपछि रास्वपाले पोखरामा नै विरोध प्रदर्शन गर्दै आएको थियो । लामिछानेको पुनः म्याद थपपछि आज राजधानीको माइतीघरमा उसले विरोध प्रदर्शन गरेको थियो ।
रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा प्रहरीले पक्राउ गरेको थियो ।