मैले प्रधानमन्त्री दाहालकै निर्देशनमा बजेटको सिलिङ तोकेको थिएँः महत

Advertisement

काठमाडौं । नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् । 

मंगलबार शेरबहादुर देउवाको निवासमा आयोजित सो पार्टीको केन्द्रीय समितिको बैठकपछि निवर्तमान अर्थमन्त्री समेत रहेका उनले दाहालको भनाइृमा कुनै सत्यता नरहेको बताए । 

Advertisement

महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताउँदै आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको बताए । उनले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए । 

महतले भने, यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहिं कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरु नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन ।

Advertisement