भाटभटेनी सुपरमार्केटको २७औं स्टोर झापामा, सामान खरिदमा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार उद्घाटन गरेसँगै स्टोर सञ्चालनमा आएको हो । 

Advertisement

भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको जनाएको छ ।

‘नेपाल सरकार, अन्य नियामक निकाय एवम् शुभेच्छुकहरुको अटुट सहयोग, शुभेच्छा, मार्गदर्शन र विश्वासको फेरो समातेर हामीले चार दशकको सफल यात्रा सम्पन्न गरेका छौँ,’ गुरुङले भने ।

यस शुभारम्भको अवसरमा भाभटेनीमा रहेका सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामानहरुमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।

Advertisement