राष्ट्रिय गौरवका आयोजनामाथि छलफल गर्न संसदीय समिति बस्दै

Advertisement

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । 

अहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल हुनेछ । 

Advertisement

त्यस्तै ११ बजे नै पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजना र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ । 

बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ ।

Advertisement

Advertisement