ओली र दाहालपछि देउवा पनि माधव नेपाललाई भेटन कोटेश्वर पुगे

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै देउवा कोटेश्वर पुगेका हुन् । मंगलबार माधव नेपालाई फकाउन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली दलबलसहित कोटेश्वर पुगेका थिए । त्यसको भोलिपल्ट देउवा पुगेका हुन् । 

Advertisement

कांग्रेसले नयाँ गठवन्धनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेसँग देउवा सक्रिय भएका हुन् । रविलाई फिर्ता गर्न सके र माधव नेपाललाई रोक्न सके मधेसवादी दलहरुसमेत जोड्दा नयाँ सरकार बन्नका लागि बहुमत पुग्छ । 

Advertisement