काठमाडौं । आफ्ना सभापति पक्राउ विरोधमा पोखरामा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार गरेको हो । रास्वपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको गुनासो गरेका छन् भने प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेकाले रोक्ने प्रयास भएको बताएको छ ।
विभिन्न नारा अंकित प्लेकार्ड र ब्यानर बोकेर रास्वपाका समर्थक, नेता र कार्यकर्ता आज सडकमा उत्रिएका थिए । आज फेरि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत पोखरामा पेश गर्दैछ ।
उनलाई राजनीतिक प्रतिशोधमा पूराना दलहर नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले पक्राउ गरी दुःख दिएको भन्दै रास्वपाले लामिछानेलाई बिना शर्त रिहा गर्नुपर्ने अडान राख्दै आएको छ ।