घरेलु टोली हङकङविरुद्ध खेल्दै नेपाल

Advertisement

काठमाडौं । आज नेपाल हङकङविरुद्ध खेल्दैछ । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध खेल्ने भएको हो ।

हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ ।

Advertisement

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो । 

यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि ट्वान्टी–२० क्रिकेट शृंखला खेलिरहेको छ ।

नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्सहितको त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो ।

Advertisement

Advertisement