काँग्रेसद्वारा संसदमा वेल घेराउ, प्रधानमन्त्रीको विश्वासको मत लिनेकुरा अनिश्चित

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ । 

सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो । 

Advertisement

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरेका छन् । तर काँग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे । काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । 

आजको बैठकमा सभामुखले सरकारी कार्यसूचिमा प्रवेश गर्न लागेसँगै काँग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका हुन् । बैठकमा अहिले पनि काँग्रेसले संसद बैठक अवरुद्ध पार्दै नाराजुलुस गरिरहेको छ । 

Advertisement

Advertisement