राप्रपाको कार्यालयमा ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रामणको प्रहरीद्धारा छानविन सुरु

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि आइतबार सो पार्टीका कार्यालयमा भएको कुटपिटको घटनाको प्रहरीले छानबिन थालेको छ ।

राप्रपाले नै सो घटनाको छानविन गरी लोषीलाई कारवाही गर्न आग्रह गरेको छ भने स्वयम पीडित श्रेष्ठले पनि प्रहरी वृत्त, महाराजगञ्जमा ठाडो निवेदन दिएका छन् । 
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार ‘निवेदन आएपछि कुटपिटको विषयमा अनुसन्धान सुरु भएको छ । 

Advertisement

नेता श्रेष्ठमाथि राप्रपाकै नेता विक्रम पाण्डेको समूहले कुटपिट गरेको जनाइएको छ । सो घटनाको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विक्रम पाण्डे समर्थक केटाहरुले श्रेष्ठलाई मुक्का र लात्ताले हानेको थिए । त्यसअघि बैठकमा पाण्डे र श्रेष्ठबीच कुरा कुरामा विवाद भएको र श्रेष्ठले पाण्डेले भ्रष्टाचारी भएको औंल्याएका थिए । 

Advertisement

Advertisement