आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

Advertisement

काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मतदात हुँदैछ । बिहान ११ः ९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

Advertisement

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर अवकाशमा गएपछि रिक्त पदमा चुनाव हुन लागेको हो ।​

यसैबीच, राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । राष्ट्रिय सभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चा काएक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । 

Advertisement

Advertisement