मुलुक भयावह अवस्थामा पुगिसक्योः पूर्वप्रधानन्यायाधीश कार्की

Advertisement

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो । 

शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै कार्कीले समाजमा त्रुटीहरुले जरा गाडेको समेत चित्रण गरिन् । उनले भनिन, ‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो भईरहेको पोलिटिकल सिचुयशन जुन छ, त्यसमा केन्द्रीत छ । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह जुन अवस्था छ, त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटीहरु जुन छन, समाजमा देखापरेको जुन किसिमको वातावरण छ, त्यसमा लक्षित छ । रितिरिवाजका कुराहरुमा लक्षित गरिएको छ ।’ 

Advertisement

Advertisement

Advertisement