नीति तथा कार्यक्रममा रिटर्नी लक्षित कार्यक्रम समावेश गर्न माग

Advertisement

काठमाडौं ।   रिटर्नी फेडेरेसन नेपालले सरकारको निति तथा कार्यक्रममा रिटर्नी लक्षित कार्यक्रम समावेश गर्न माग गरेको छ ‌।

फेडेरेसनको चैत्र २ र ३ गते काठमाण्डौंमा सम्पन्न केन्द्रीय समिति बैठकले  रिटर्नी‌हरुलाई ब्यवस्थित पुनएकिकरण तथा पुनर्स्थापना गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

Advertisement

इजरायलमा हमासद्वारा बेपत्ता पारिएका विपिन जोशीको बास्तविक अबस्था सार्वजनिक गर्न,  सरकारको निति तथा कार्यक्रममा रिटर्नी लक्षित कार्यक्रम समावेश गर्न पनि फेडेरेसनले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ  ।

सदस्यता विस्तार अभियान संगै  १ लाख सदस्यता विस्तार गर्ने, पालिका कमिटीहरुको समेत अधिवेसन गर्ने निर्णय गरिएको छ । यसैगरी प्रदेशगत रुपमा “संगठन सुदृढिकरण र सबलिकरण अभियान” संचालन गरिने र त्यसलाई जिल्लास्तरीय रुपमा लैजाने फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जानकारी दिए । 

आम रिटर्नीमा आशा जगाउने खालका, रिटर्नी समुदायको जीवन सङ्ग जोडिने खालका कार्यक्रम अघि बढाउन बैठकले विभिन्न योजना निर्माण गरेको जनाइएको छ । नेपालमै सम्भव छ भन्ने भावनाको बिकास गराउन सङ्गठनलाई ब्यबस्थित ढङ्गले परिचालन गराउन आवस्यक नितिगत ब्यबस्था गरेको प्रचार प्रमुख कार्कीले बताए । 

 चैत्र २ गते रिटर्नी फेडेरेसनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति तथा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले फेडेरेसनले संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । 

व्यवसायिक व्यवस्थापनको सिपको अभावले गर्दा विदेशिनेको संख्यामा वृद्धि भएको भन्दै पोखरेलले वार्षिक रुपमा भित्रिने ठूलो संख्यामा रहेका रिटर्नीहरुको विचमा रिटर्नी फेडेरेसन नेपाल पुगेर अरु भन्दा फरक ढंगले प्रस्तुत हुन सके मात्र संगठनको औचित्य पुष्टि हुने बताए । 
विदेशमा देखेर आएको ,भोगेर आएको र देश बनाउछु भन्दै संगठित समेत  भएकोले यही समुहले नयाँ रिटर्नीहरुलाई जोडन सके मात्र संगठन सुदृढ हुन सक्नेमा बताए ।  

विदेशबाट फर्केर केही पेशा गर्नै अवस्था नभए भएको पुँजी सकिने र फेरि विदेश नै फर्किने अवस्था आउने भन्दै सिपयुक्त काम गरेर आफूहरुलाई स्थापित गर्ने बाटोमा पनि फेडेरेशनले पहल गर्नु पर्ने भनाई थियो । 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले विदेशमा रहेका नेपालीबिच विभिन्न माध्यमबाट फेडेरेशनले सम्पर्क विस्तार गरि पार्टी संग जोडन पहल गनुपर्नेमा जोड दिए । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा फेडेरेशन ईञ्चार्ज सूर्य पाठकले पार्टीको अवस्था बमोजिम निराश भएर नभई एमालेले आफ्नो कार्यकालमा गरेका कामलाई समिक्षा गरेर अगाडि बढनुपर्ने बताए ।  

उनले पार्टीका पद्धती अनुसार केन्द्रबाट जिल्ला सम्म प्रत्यक्ष कार्यहरु गर्ने र प्रदेशले जिल्लामा समन्वय र पालिकाहरुमा प्रत्यक्ष कार्यहरु गर्ने गरि संगठनले पनि कार्ययोजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिए । 

बैठकले रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र समिक्षात्मक प्रतिवेदन पास गरेको छ भने कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख जितेन्द्र बाँनियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले संगठन विस्तार तथा समसामयिक विषयमा  विभिन्न निर्णयहरु गरेर समापन गरिएको छ  ।

Advertisement

Advertisement