आईपीओ निष्कासनको प्रस्तावसहित कृति भेन्चर फन्डले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउँमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभामा बोनस शेयर जारी, सर्वसाधारणका लागि आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल, थपघट वा सामान्य संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित हुनेछ ।

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत पारित गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement