राशिफलः आज (चैत्र ५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको ५ गते सोमबार, फाल्गुन शुक्लपक्षको नवमी तिथि ।

मेष
नयाँ कामको थालनी हुने उर्जा छ । घर घडेरी जोड्ने कार्यमा तिब्रता आउने छ । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ भने जीवनसाथिको साथका कारण मधुर वातावरण छाउने छ । बिगतमा गरिएका निर्णयहरुले अहिले नकारात्मक असर देखाउने छन् । व्यावसायबाट लाभ मिल्ने छ । शेयर बजारमा फाइदा मिल्ने छ ।

Advertisement

वृष
औसतमा प्रभावकारी बोली हुने छ । परिवारमा तनाव उत्पन्न हुने छ । दाम्पत्य जीवनमा पनि कटुता र झैझगडाको अवस्था आउने छ । व्यावसायमा रहेकाहरुको हकमा जोखिमपूर्ण अवस्था देखिएकाले धैर्य भएर कदम चाल्नु होला । शेयर बजार प्रतिकुल रहने छ ।

मिथुन
आम्दानीमा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्ने छैनन् । पेशागत क्षेत्रमा सुधार आउने छ । दुर्घटना तथा शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । सवारीसाधनसँग सम्बन्धि विषयमा समस्याहरु सामना गर्नुपर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कर्कट
प्रभावकारी बोलीले गर्दा लाभ प्राप्त हुने छ । भाग्यले साथ दिएकाले व्यापार व्यवसाय र पेशागत क्षेत्रमा सहजता आउने छ । आम्दानीमा पनि बृद्धि हुँदा प्रतिष्ठा बढ्न पुग्ने छ । योजनाहरु सफल हुने तर्फ जाने छन् । तर खर्चहरु भने बढ्न पुग्दा आर्थिक दबाब सृजना हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
आर्थिक उन्नति हुने छ । सामाजिक सोच र विचारले गर्दा समाजले कदर गर्ने छ । पेशागत क्षेत्रमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । व्यावसायमा संलग्नहरुको हकमा पनि सोच विचार गरेर मात्र निर्णयहरु लिनु होला । पारीवारिक सदस्यहरुका बीचमा बादबिबाद आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
निर्णय क्षमतामा कमि आउने छ । मनमा उदासिनताले सताउने छ । व्यक्तिगत स्वाभावमा भने नरमपना आउने छ । पेशागत क्षेत्र औसत खालको रहने छ । परिवारको साथले कठिन क्षणमा संहालिन मद्धत पुग्ने छ । शेयर बजारबाट फाइदा मिल्न सक्ने छैन् ।

तुला
चलाख व्यक्तित्व हुने छ । अरुमाथि प्रभाव जमाउन सफल हुने अवस्था रहने छ । निर्णय क्षमतामा केही सुधारका क्रम आउने छन् । धार्मिक आध्यात्मिक क्षेत्रमा विश्वास बढ्ने छ । पेशागत क्षेत्रमा भनाभन र द्वदात्मक सम्बन्धहरु देखा पर्ने छ । शेयर बजारमा लाभ मिल्ने छ । 

वृश्चिक
कडा शैलीको स्वाभाव हुँदा झैझगडाको अवस्था आउने छ । सामाजिक रुपमा अपमानित हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व हुने भएकाले अरुले बेढङ्गे स्वाभावको हुने छ । पेशागत जीवन औसत रुपमा अघि बढ्ने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजार मध्यम रहने छ ।

धनु 
जोखिमले भरिएका समय सक्रिय हुने देखिन्छ । खासगरी राजनीति, व्यापार र ठेक्कापट्टामा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ । परिवारको साथ अटुट रहँदा राहत प्रदान गर्ने छ । अरुको विश्वास छिट्टै गर्ने भन्दा अडकलेर मात्र व्यावहार गर्दा उपयुक्त हुने देखिन्छ । पेशागत क्षेत्रमा औसत समय रहेको छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मकर 
परिस्थितिमा केही सकारात्मक अवस्था छ । मनमा उदासिनताको मात्रा भने रहीरहने छ । अनावश्यक विचार श्रृङ्खलाले भएको उर्जा अनावश्यक क्षेत्रमा केन्द्रीत हुने छ । परिवारमा स–साना विषयमा पनि उग्र बादबिबाद र तनाव उत्पन्न हुने छ । पेशागत जीवन भने सहज रुपमा अघि बढ्ने छ । शेयर बजार मध्यम रहने छ ।

कुम्भ
घर घडेरीको क्रियापलापबाट फाइदा मिल्ने छ । पेशागत जीवन सकारात्मक हुने छ भने आम्दानीमा पनि बढोत्तरी हुने छ । नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आफ्नो लक्ष्य तथा सपना प्राप्तिमा लागि रहन मन लाग्ने छ । बोली प्रभावकारी हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मीन
आर्थिक पक्ष बलियो हुने छ । पेशागत क्षत्रको प्रभावकारीतामा पनि बृद्धि हुने छ । बोलीको प्रभावका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । व्यापार व्यवसायमा बृद्धि हुने र आम्दानीमा पनि बृद्धि हुने छ । परिवारमा तनावको अवस्था आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement