श्रममन्त्रीले अब एक घण्टामै घरबाटै श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गर्ने

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् । 

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आगामी शुक्रवारबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी शुरु भएको बताए । एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घण्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरे । अर्यालले आफू्ले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए । 

Advertisement

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘निर्देशन दिनभुन्दा अघि १४ दिन हामीले काम गरिसकेका छौँ । सकिन्छ भनेर नै निर्देशन दिइएको हो । पन्द्र दिन पनि लागेको छ, छिटो दिँदा तीन दिन पनि लागेको छ । टायम लगाइदिने, कर्मचारीले नै त्यसलाई ब्लक गरिदिने, कर्मचारीलाई भ्रष्टचार गर्नलाई सजिलो बनाइदिने, काठमाडौं बस्दाखेरी ५ दिन काठमाडौं बस्नुभयो भने ५० हजार लाग्छ म २० हजार दिए बनाइदिन्छु भन्ने । बीचमा दलालहरुले खेलेको भन्नेकुरा आइरहेको हुनाले यसमा त्यो अध्ययनको पाटो भयो । त्यसमा अध्ययन गरिरहेका छाँै ।’ 

अर्यालले कर्मचारीहरुले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताए । 

Advertisement

Advertisement