काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुुसार आज बजार १५.३७ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.५७ अंकमा ओर्लिएको छ ।
आज ३१५ कम्पनीका १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
समग्रमा बजार घटेपनि विभिन्न ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशत कमाउँदा सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९१ र ९.२३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बुद्धभूमि हाइड्रो र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले क्रमशः १० र ९.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज माछापुच्छ्रे बैकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपियाँको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ, मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ र हिजो बुधबार ३.३४ अंकले बजार घट्दा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको थियो ।