नेक्सजेन  म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्वन्धी सम्झौता

Advertisement

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरे । मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ भन्दै नेक्सजेनले यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा आफूहरुले दिने गरी सम्झौता भएको जानकारी दिएको छ । 

Advertisement

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो । त्यसैगरी लगानी हब प्रा.लि. लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । 

Advertisement