लाभांश प्रस्तावबिनै आरम्भ चौतारी लघुवित्तले डाक्यो एजीएम

Advertisement

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारणसभा चैत ३० बस्दैछ । सभाले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।

सभा, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनार्थ लघुवित्तले चैत २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी लघुवित्तको सभामा सहभागी हुन पाउनेछन् । 

Advertisement

Advertisement