काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । भूमि व्यवस्था मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपाली बताए ।