बीमा क्षेत्रका समसामयिक विषयमा नेपाल लाइफले गर्यो छलफल

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका समसामयिक विषय माथि छलफल गरेको छ । 

कम्पनीले विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उमुपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

Advertisement

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्स्योरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा अध्यक्ष सिलवालले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु लिंदै आएको बताए । बीमा बजारको विकासका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको कुरा बताए । 

कार्यक्रममा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए । 

कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए ।

undefinedundefinedundefined

Advertisement

Advertisement