नेपालमा विदेशीको भन्दा एनआरएनको लगानी धेरै छ, तर लगानी सम्मेलनमा उपेक्षा भयोः आचार्य

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको दावी गरेका छन् । 

तर सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका कम पाएको उनको गुनासो छ । आइतबारबाट सुरु भएको लगानी सम्मेलनमा आचार्यले धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताए । 

Advertisement

विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्ने बताउँद्यै उनले विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियत दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको बताए । 

आचार्यले अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्ने बताए । उनले लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्ने बताए । 

आचार्यले भने, ‘नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको छ । तर नीतिगत समस्याको कारण गैरआवासीय नेपालीहरुको भुमिका कम पाएका छौं । धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । विदेशी लगानीकर्ता ल्याउनको लागि गैरआवासीय नेपालीहरुको भुमिका ठूलो हुनसक्छ । यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला बनाउन सक्नुपर्छ ।’ 

उनले थपे, ‘ट्याक्स हेवन देश भनेर लगानीकर्ताहरुलाई स्वागत गर्न सक्नुपर्छ । भिसा फ्रि गरेर सबैलाई स्वागत गर्न सकोस् । विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि सहुलियतहरु गरेकाले ठूला लगानीकर्ताहरु आउने गरेका छन् । अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्छ । लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्छ ।’
 

Advertisement

Advertisement