राशिफलः आज (चैत्र १२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको १२ गते सोमबार, फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि । उप्रान्त चैत्र कृष्णपक्षको प्रतिपदा तिथि । आज तराई क्षेत्रमा फागुपूर्णिमा अर्थात होली रहेको छ ।

मेष 
आम्दानीमा पनि केह बृद्धि हुन जाने छ । बिनाकारण खर्च भएका वा फसेका धन फिर्ता हुने छ । दाम्पत्य जीवनमा भने केही बिबाद तथा कटुताहरु देखा पर्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा बिबादले उग्र रुप लिने छ । धन सम्पत्तिसँग जोडिएका विषयले तनाब दिने छन् । शेयर बजार अनुकुल देखिन्छ तर धेरै जोखिम लिने बारेमा भने सोच विचार गर्नै पर्ने देखिन्छ ।

Advertisement

वृष 
पारिश्रमिक वा ज्याला प्राप्त गर्नमा कठिनाई हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । आत्माबलसहितको दृढ ब्यक्ति हुने भएकाले समस्याहरुसँग जुध्न भने निकै तागत प्राप्त हुने छ । रिस अलि छिटो उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । आम्दानीमा पनि केही बृद्धि हुने छ । ढवानीका सवारीसाधन, फलाम, उद्योग कलकारखाना, छालाजन्य ब्यापार, ठेक्कापट्टा जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर बजार अनुकुल रहेको छ । 

मिथुन 
आफूले आफूलाई अत्यन्त कमजोर मात्र देख्ने अर्थात लद्युताभाष हुने छ । चिसो र पानीबाट बच्नु होला । पेशागत जीवन भने सामान्य नै रहने छ । आम्दानीमा पनि त्यस्तो नकारात्मक अवस्था आउने छैैन् । बोलीमा भने अलि कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । पानी, दुध, आयात निर्यात, औषधी, रसादी, कोल्ड डिङ्ग, आइसक्रिम जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई प्रतिकुल समय चलिरहेको छ । शेयर बजार अनुकुल नै रहेता पनि धेरै उत्साहि हुने भने बेला देखिँदैन ।

कर्कट
पेशागत जीवनमा केही उतारचढाव देखा पर्न जाने छ । पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले साथ दिने छ । परिवारको साथ पाइने हुनाले समस्यासँग जुध्न ताग मिल्ने छ । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, प्राध्यापन, प्रशिक्षक, स्टेशनरी पसल, प्रकाशन गृह जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । शेयर बजार भने सकारात्मक देखिन्छ । 

सिंह
मनमा दृढता आउने छ । तर कतिपय अवस्थामा नकारात्मक विचारमा पनि दृढता यानेकी ढिपी जस्तो आउने छ । भाग्यको साथ रहेकाले गर्न खोजिएका कामहरुमा प्रगति हुने छ । शारीरिक थकान देखा पर्ने छ । मनोबलको कमि हुने छ । आगो, विजुली तथा तातो वस्तुबाट सतर्क रहनु होला । होटल, रेष्टुरेण्ट, बाउन्सर, खेल क्षेत्रमा आवद्ध ब्यक्तिहरुको हकमा समय प्रतिकुल रहेकाले सतर्क रहनु होला । शेयर बजार औसत अवस्थामा रहेको छ ।

कन्या
पेशागत जीवन सतत हुने छ । तर लिइएका लक्ष्यहरु भने पुरा हुन कठिन हुन जाने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारेमा विचार गर्नु होला । साझेदारीमा गम्भीरखाले समस्या निम्तिन जाने भएकाले सतर्कताको आवश्यकता छ । व्यवस्थापन, राजनीति, बैंक फाइनान्स जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार अनुकुल बन्ने छैन् ।

तुला
तत्काल सोच्नै नपर्ने विषयमा पनि सोचाईहरु तारन्तार आएर मनमा खिन्नता देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ । यस्तो अवस्थामा साझेदारहरुका बीच भौतिक तँछाड मछाड समेत हुने भएकाले यसबारेमा उच्च सतर्क रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले दृढता देखा पर्ने छ । आम्दानीमा अबराध आउने र पेशागत जीवनमा समस्या देखा पर्ने छ । शेयर बजार सतर्क रहनु पर्ने अवस्थामा देखिन्छ ।

वृश्चिक
जान्दा जान्दै पनि केही नजानेको जस्तो मनमा लाग्ने छ । भित्रि बुद्धि सक्रिय हुने हुँदा त्यसले केही राहत दिने हुँदा संहालिन मद्दत पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । घर घडेरीका विषयमा ठोस विचार आउने छ, जुन सकारात्मक बन्न सक्ने छैन् । यस्तो अवस्थामा घर घडेरीमा लगानी हुने रकम फस्ने वा बैना डुब्ने जस्तो अवस्था आउने भएकाले सतर्क रहनु होला । स्टेशनरी, शिक्षा क्षेत्र, अध्यापन, प्रशिक्षण, प्रेस जगतमा संलग्नहरुलाई समय प्रतिकुल रहेकाले सतर्क रहनु होला । शेयर बजार औसत तर सकारात्मक रहेको छ ।

धनु 
पेशागत जीवनमा बादबिबाद चर्किन पुग्ने छ । अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसमा सतर्कतासहित कदम चाल्नु होला । गरिराखेको काम छोडौ छाडौ लाग्ने भएकाले यसबारेमा कुनै गम्भीर निर्णयमा नपुग्नु होला । दृढताको कमि हुने छ । परिवारको साथ रहनाले कठिन समयमा संहालिन ठुलो मद्दत प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ ।

मकर 
कडा खालको स्वाभाव हुने छ । प्रतिष्पर्धात्मक स्वाभाव छ । अध्ययन अध्यापनमा अवरोध आउने छ । पेशागत जीवनमा कठिनाईहरु आउने छन् । संचित धनले कठिन समयमा ठुलो काम दिने छ । आम्दानीको विषयलाई लिएर मनमा डर र त्रास उत्पन्न गराउने छ । साझदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा आम्दानीमा बढोत्तरी हुने छ । शेयर बजार अनुकुल बन्ने छ । 

कुम्भ 
छोटो छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आइ लाग्ने छ । पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने छ । तर आन्तरिक चतुरता र व्यवस्थापनबाट ती समस्याहरुबाट बाहिर निस्कन सकिने छ । धन सम्पत्तिमा केही बृद्धि नै हुने छ  । भाग्य बलियो भएका कारण धेरै डराई हाल्ने अवस्था देखिँदैन् ।  सन्तान सुखको कमि हुने देखिन्छ । शेयर बजार सकारात्मक बन्न पुगेको छ ।

मीन
मनमा दुविधाले सताउने छ । यो गरौँ कि त्यो गरौँ भइरहने छ । भाग्यको साथ नहुनाले कार्य सफलता प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत प्रदान गर्ने छ । पेशागत जीवनमा केही संघर्ष गर्नु पर्ने अवस्था आउन सक्ने छ । सार्वजनिक सवारीसाधन, भाडाका सवारीसाधन, मजदुर परिचालन गर्नु पर्ने काम, ठेक्कापट्टा, छाला जुत्ताको कारोवार जस्ता पेशा ब्यवसायमा रहेकाहरुलाई समय प्रतिकुल छ । शेयर बजार पनि अनुकुल देखिँदैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement