काठमाडौं । जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङको आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।
गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गत वर्ष नै रू तीन लाख धरौटीमा छुटेका थिए ।