होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००, मूल्य कति ?

Advertisement

काठमाडौं । होण्डाले आफ्नो नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स२०० बाईकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ । यसको अप–राइट पोजिशन र टायरको टफ ट्रेड प्याट्रनले आरामदायी यात्रा सुनिश्चित गर्दछ । 

एनएक्स२०० मा उपलब्ध वाइण्ड भाइजर र एलईडी विङ्कर सहितको नकल कभरले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको छ । लिक्युइड क्लियर डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय बिशेषता हुन् । 

Advertisement

एनएक्स२०० मा रहेको फ्रन्ट ए बी एस सिस्टम र डूअल पेटल डिस्क ब्रेकले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ ।

१० बर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एनएक्स२०० को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ ।  कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यहि चैत्र १५ बाट सुरु गरिसकेको जनाएको छ । 

Advertisement