आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

Advertisement

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर  बलिङमा उत्रिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

Advertisement

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले  २–१ खेलले प्रतियोगितामा कब्जा जमाएको थियो ।
 

Advertisement