एनआरएनएको दुवै कार्यसमिति सर्वोच्च अदालतद्वारा खारेज

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व  गरेका बद्री केसी र आरके शर्मा दुवैको कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

Advertisement

अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । 

अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।
 

Advertisement