माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न 'क्लियरिङ्ग हाउस र फोन पे'संग सम्झौता

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारतवीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ । 

फोन पे संगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई–इन्ब्लेड एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । 

Advertisement

सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ । 

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग पार्टिसिपेटिङ तथा सेलटमेन्ट बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उतm सेवा लाईभ गए  पश्चात  नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको  कुनै पनि यूपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । 

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारनीय रुपैयाँँ र मासिक १ लाखसम्म  भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । 

यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई–इन्ब्लेड एप्स प्रयोग गरेर नियामक निकयले तोकेको सिमाभित्र बसेर  नेपालमा माछापुच्छ्रे बैंकको यूपीआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । 

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाखसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।
 

Advertisement

Advertisement