राशिफलः आज (चैत्र २९) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको २९ गते बिहीबार, चैत्र शुक्लपक्षको तृतीया तिथि । आज मत्स्य जयन्ती, आज मत्स्यनारायण मेला लाग्ने गर्दछ ।

मेष 
आफू भन्दा माथिल्ला तहका नेतृत्वले विश्वास गर्ने छन् । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । चातु¥याईमा बृद्धि हुने छ । चुनौति सामना गर्ने क्षमतामा बृद्धि हुने छ । 

Advertisement

वृष 
ब्यापार विजनेशको क्षेत्रमा संलग्नहरुको हकमा आम्दानी बढ्ने छ । साझेदारीमा गरिएका कामले सफलता पाउने छन् । जीवनसाथिको साथले गरिएका कार्यले परिणाम दिने छन् । भाग्यको बृद्धि हुने छ । अध्याधिक रिस उठ्ने भएकाले त्यस तर्फ विचार पु¥याउनु होला । 

मिथुन 
कार्यालय, पेशा, ब्यवसायमा श्रम सम्बन्धी समस्या निम्तिने छ, यि विषय सुल्झाउन उर्जा खर्च गर्नु पर्ने देखिन्छ । दुविधा बढ्ने भएकाले व्यक्तित्वमा ह्रास आउने छ । रिस धेरै कडा हुने भएकाले संयमित भएर अघि बढ्न नभुल्नु होला । छोटोछोटो यात्रा गर्नु पर्ने हुने छ । 

कर्कट
बोलीको प्रभाव बढ्न पुग्ने भएकाले त्यसले फाइदा दिने छ । पेशागत जीवनमा कदर हुने छ, मान सम्मान प्राप्त हुने छ । ब्यापार ब्यवसाय अनुकुल देखिन्छ । प्रशानिक तथा ब्यवस्थापकीय जिम्मेबारी प्राप्त हुने छ । 

सिंह
सितल व्यक्तित्व हुने भएकाले संयमत ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा बाधा ब्यवधान आउने भएकाले सतर्कताको आवश्यकता पर्दछ । साझेदारीमा कमि आउने छ । घर घडेरी, जलस्रोत जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।

कन्या
आम्दानी भन्दा खर्चमा बृद्धि हुने छ । आम्दानी र खर्चको विषयलाई लिएर मनमा उदासिनता देखा पर्न जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने देखिएकाले निकै सतर्कता साथ पाइला चाल्दा उत्तम हुने छ । बोलीको प्रभाव कम हुने भएकाले बोलीमा संयमता अपनाउँदा वाञ्छनीय हुने छ । 

तुला 
साझेदारीमा बादबिबाद तथा किचलो देखा पर्ने छ । पारीवारिक जीवनमा खासगरी धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परीवारका सदस्यबीच मन मुटाब बढ्ला । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । पानी, चिसो पदार्थ, तरल पदार्थ, मदिरा, आयात निर्यात जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । 

वृश्चिक
मनमा निराशा छाउछ । शारीरिक थकान बढेर जाने भएकाले मनमा उत्साह कम हुने भएकाले कार्य क्षमतामा कमि हुँदै जाने छ । भाग्यको साथका कारण पेशागत जीवन र ब्यापार ब्यवसायमा भने केही सफलता प्राप्त हुने छ । लेनदेनको विषयलाई लिएर प्रशासन, अदालत तथा यस्ता सरकारी निकायहरुमा जानु पर्ने तथा निकायमा धाउनु पर्ने हुन सक्छ । 

धनु 
धन, सम्पत्तिमा बृद्धि हुने छ  । पारीवारका सदस्यहरुको सक्रियताबाट आम्दानी बृद्धि हुने छ । भाग्यको साथका कारण भित्रि बुद्धि सक्रिय हुन पुग्ने भएकाले लाभ मिल्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले जुधेर गर्नु पर्ने ब्यापार ब्यवसायमा लागेकाहरुलाई फाइदा मिल्ने छ ।

मकर 
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । दृढ व्यक्तित्व हुने छ तर रिस र घमण्डिपनामा बृद्धि हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवन र ब्यापार विजनेशमा केही नसोचिएका समस्या देखा पर्ने छन् । जसलाई सुल्झाउन पनि चलाखि प्राप्त हुने छ । 

कुम्भ 
धर्म अध्यात्मका क्षेत्रमा मन लाग्ने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार गर्नेहरुलाई पनि आम्दानी बढ्न पुग्ने छ । ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । प्राज्ञिक क्षेत्रका लगाीकर्ताहरुलाई पनि शुभ समय छ । 

मीन
ब्यक्तित्वको प्रभाव घट्ने छ । तर परिवारको साथका कारण धेरै गिरिहाल्ने भने छैन् । सेना, प्रहरी, घर, घडेरी, खेल, ठेक्का पट्टा जस्ता जस्ता पेशागत क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सफलता तर्फ जाने छन् । सेवा क्षेत्र अर्थात जागिरेहरुको हकमा मान सम्मान प्राप्त हुने र कामको कदर हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement