सार्वजनिक बिदामा पनि लक्ष्मी सनराइज बैंकले यी शाखाबाट दिँदैछ सेवा

Advertisement

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल–फित्रका अवसरका देशभर सार्वजनिक बिदा दिएको छ । यी दिनमा शेयर बजारसहित सरकारी कार्यालय तथा अधिकांश बैंक/वित्तीय संस्था बन्द रहनेछन् । तर, लक्ष्मी सनराइज बैंकले बिदाका दिनमा समेत सेवा दिने भएको छ ।

तर, बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ख्याल गर्दै देशभरका ७० भन्दा बढी शाखा कार्यालय भने खुला राख्ने निर्णय गरेको छ ।

Advertisement

सातै प्रदेशका विभिन्न शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।​बैंकका शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

undefined

Advertisement