नेप्से तल झरे पनि लघुवित्तमा उत्साह, चार अर्ब १३ करोडको कारोबार, तीन कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ । 

Advertisement

लघुवित्त बाहेक अरु सूचक राताम्मे भए । लघुवित्त भने ३.४५ प्रतिशतले बढेको हो । 

undefined

आज ३०८ कम्पनीका ९४ लाख ९८ हजार २ सय ९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६.२३ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि विभिन्न तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । 

विजय लघुवित्त र आरएसडीसी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.७१ र ८.७१ प्रतिशतले नाफा कमाएका छन् । 

आज पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आजैमात्रै ३४ प्रतिशत लाभांश घोषणा गरेको आइएमई लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १४.३३ अंकले उचालिंदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ र सोमबार बजार ०.०७ अंकले बढेको थियो । त्यस्तै मंगलबार २५.९३ अंकले बजार बढ्दा  ४ अर्ब ८० करोड ४४ हजार ६ सय १.६६ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो बुधबार भने मे दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।   

Advertisement

Advertisement