‘एलओडी जस्ता स्तरीय नाइट क्लबहरु थपिँदा नेपाल ‘हब’ बन्नसक्छ, विदेशी पर्यटक आगमनमा निकै सहयोग पुग्छ’

राजा ज्ञानेन्द्रदेखि राहुल गान्धीसम्मको रोजाईमा पर्न सफल एलओडी क्लबका प्रमुख के भन्छन् ?

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक ठूलो लगानीसहित पर्यटकीय केन्द्र ठमेलमा स्थापना भएको नाइट क्लब ‘एलओडी’ विश्वस्तरीय क्लब हो । विश्वका प्रसिद्ध ४९ वटा क्लबहरुमा पर्न सफल यो नाइट क्लब पाँच बर्षअघि २७ करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको हो ।

विश्व परिवेश, समाज विकास र पर्यटकहरुको मागअनुसार नेपालमा पनि रात्रिकालिन व्यवसायको विकास हुँदै गएको छ । सोअनुसारको वातावरण र सुरक्षा प्रवन्ध मिलाउन व्यवसायीहरुले माग गर्दै पनि आएका छन् । भर्खरै नयाँ बर्षसँगै ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ला पनि गरिएको छ । यद्यपि अरु विकसित देशहरुमा जस्तो नेपालमा रात्रिकालिन व्यवसायको विकास भइसकेको छैन् । 

Advertisement

एलओडी क्लबका अध्यक्ष रुदिप श्रेष्ठले रात्रिकालिन व्यवसायमा धेरै खालका समस्या अझै रहे पनि पहिलाभन्दा सुधार भने भएको बताउँछन् । नाइट क्लब सञ्चालनमा पहिला जस्तो सुरक्षा चुनौति व्यवसायी र सेवाग्राही दुवैलाई अहिले नरहेको बताउँदै एलओडी जस्ता स्तरीय क्लबहरु पर्यटन प्रवद्र्धनका माध्यम भएकाले यस्ता व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण भने सकारात्मक हुन जरुरी रहेको बताउँछन् । 
नेपालमा नाइट क्लबको सुरुवात सन् १९८० बाटै सुरु भएको हो । नेपालको पहिलो डिस्को थेक एक्स–जोन हो । नेपालमा नाइट क्लबको इतिहास लामै भए पनि क्लब सञ्चालनका लागि अनुकुल समय लामो समयसम्म रहेन् । पछिल्लो समयमा भने अनुकुल समय बन्दै आएको छ । श्रेष्ठ भन्छन्, ‘त्यो बेलाको माहौल त्यति उपयुक्त थिएन् । आधुनिक सुरक्षा प्रणाली पनि विकास भइसकेको थिएन । सरकारले गर्ने सुरक्षा व्यवस्था पनि त्यति राम्रो नभएकाले क्लब जान जोखिम जस्तो थियो । अहिले त्यो अवस्थामा सुधार आएको छ ।’

एक्स–जोनपछि होटल एभरेष्ट, बबरमहल रिभिजिटेडमा पनि डिस्को खुले पनि पछि बन्द भयो । ठमेलमा खुलेको पहिलो डिस्को फायर क्लब हो, जुन अहिले पनि सञ्चालनमा छ । ठमेल र दरबारमार्गमा खुलेका केही क्लब लामो समय चल्न नसकेर बन्द पनि भए । ती धेरै समय चल्न नसक्नुमा आवश्यक लगानी र दीर्घकालिन सोचका साथ स्थापना नभएर हो भन्दै उनले पहिला क्लबमा सिडी बजाउने चलन रहेकोमा अहिले लाउन्जको कल्चर विकास भएको बताए । 

undefinedठमेलमा लाउन्जको संस्कृति विकास गरेको हामीहरुले हो भन्दै रुदिप श्रेष्ठले भने, ‘ अलिकति फरक र इन्टेरियोरमा फोकस गरेर पहिला हामीले ‘रिफ’ नामक लाउन्ज सञ्चालन गरेका थियौं । त्यसपछि त्रिपुरेश्वरमा ‘कर्मा’ भनेर अर्को लाउन्ज पनि चलायौं । लाउन्ज पनि कस्तो भयो भने सबैतिर लाइभ म्युजिक हुनथाल्यो । अलिकति खस्किन थाल्यो । लाइभ म्युजिकमै त्यहीं नाजगान गर्ने कुरा मानिसहरुलाई मन पर्दैन थियो । आज त्रिसारामा हेर्न गर्यो भने पनि त्यही लाइभ म्यूजिक हुन्छ । मान्छेहरु नाच्छ । त्यसपछि ‘भिक्टोरी’ नामक अर्को लाउन्ज आयो । उसले अलिकति क्लब जस्तो बनायो । त्यसपछि ‘इबिजा’ लाउन्ज आयो । उसले लाउन्ज र क्लबलाई मिक्स गरेर बजारमा ल्यायो । पछि आएर मात्र क्लब सुरु भएको हो । एलओडी सञ्चालनमा आउनुअघि नै चार–पाँच वटा क्लबहरु आइसकेको थियो ।’ 

रुदिप श्रेष्ठले २०–२५ बर्षअघि डिस्कोहरु सञ्चालन हुँदा अहिले जस्तो प्रिमियम मार्केट थिएन् भन्दै विद्यार्थीहरु कलेज नगएर डिस्को जाने, डिस्कोमा पनि बढी झगडा र कुटाकुट हुने जस्ता विकृतिले गर्दा धेरै समय टिक्न नसकेको स्मरण गरे । उनले त्यससँगै दोहोरी, डान्स बार, लाउन्ज फस्टाए पनि पछिल्लो समयमा त्यो पनि हराउँदै गएको बताउँदै अहिले नाइट क्लबहरुमा मानिसको बढी आकर्षण रहेको बताए । 

विदेशी पर्यटकहरुले पनि राम्रो स्तरका क्लबहरु रुचाउने श्रेष्ठको भनाई छ । उनले भने, ‘जब हामीले स्तरीय क्लब सञ्चालन गर्ने सोच बनायौं, त्यही स्तरमा अरु तीन–चार वटा क्लब पनि आउन लागेको थाहा पाएपछि एउटै खालको क्लब धेरै भएर चल्दैन्, त्यो भन्दा फरक चाहिन्छ भनेर हामीले फरक कन्सेप्टमा एलओडी सञ्चालन गरेको हो ।’ एलओडीमा भएको जस्तो लाइट र साउण्ड सिस्टम अरु क्लबहरुमा छैन् । एलओडीको साउड सिस्टम जर्मनीमा निर्मित उच्चस्तरको हो । यो साउण्ड सिस्टम विश्वमै पहिलो वा दोस्रो स्तरमा आउने श्रेष्ठको भनाई छ । 

undefined‘लाइट पनि जुन अहिले विदेशका क्लबमा चलेको छ, त्यही हो । मूल्य पनि महंगो, ल्याउन पनि भारी... । क्लबको भौतिक संरचनामा हाम्रो ठूलो लगानी भएको छ । सुरु गर्दा नै २७ करोड खर्च भएको हो । पछि सुविधा र संरचनाहरु थप्दा अरु करोडौं खर्च भएको छ’ उनले भने । 

एलओडी सुरु गर्नुअघि भारतीयहरुलाई सम्पर्क गरेर उनीहरुले पठाएका आधारमा नाइट क्लब निर्माण गर्नुपर्ने अवस्था रहेकोमा एलओडी निर्माण गर्दा सञ्चालकहरु आफै गएर सामानहरु हेरेर ल्याउने काम गरिएको थियो । श्रेष्ठले भने, भारतका मानिसहरुसँग सम्पर्क गरेपछि उनीहरुले क्लबलाई चाहिने सामान नेपाल ल्याउन थालेको थिए । उनीहरुकै एजेन्सीले पठाउँथ्यो । हामी आपैm पनि बाहिर पढेर आएको, आफ्नै लिंक पनि थियो । म र एलओडीको अर्को सञ्चालक रोबिनबीच ‘यो काम हामी आफैले गर्नुपर्छ, अरुमा निर्भर नहुने’ भन्ने कुरा भयो । अरुले जे सामान ल्यायो, त्यहीमा निर्भर नहुने कुरा भयो । त्यसपछि हामी बैंकक, दुवई गयौं । लाखौं मानिसहरुले हेर्ने ठूल–ठूला ‘शो’हरु हेर्यौं । नाइट क्लबहरु घुम्यौं । त्यहाँ प्रयोग भएका उच्चस्तरका म्युजिक सिस्टम, लाइट सिस्टमहरु ल्याएर एलओडी सञ्चालन गरेको हो ।’ 

त्यसरी भ्रमण गर्दा धेरै मानिससँग चिनजान हुनुका साथै आफूहरुलाई धेरै कुराको अनुभव भएको श्रेष्ठले सुनाए । उनले सोही भ्रमणका आधारमा अहिले आफूहरुले क्लबमा विश्वका ठूलठूला कलाकार र चर्चित व्यक्तिहरुलाई समेत ल्याउन सफल भएको बताउँदै भने, ‘जस्तै हामीले हालै विश्व चर्चित ‘डीजे’ र ‘प्रोडक्सन जोडी ‘म्याटिस एण्ड साड्को’लाई नेपाल ल्याएका थियौं । विश्व चर्चित डीजे विनाई, विश्व चर्चित डीजे टपिक लगायतले हाम्रो क्लबमा आफनो प्रस्तुुती दिए । उनीहरुको सामाजिक सञ्जालमा पनि लाखौं, करोडौं फलोअरहरु छन् । आएर गरेको कार्यक्रम आफ्नो सञ्जालमा राख्दा नै करोडौं मानिसले हेर्ने भयो । त्यो भनेको एलओडीको मात्रै प्रचार होइन् नि । नेपालको पनि प्रचार हो । त्यसले पर्यटकहरु बढाउन, नेपाल र नेपाललाई विश्वमा चिनाउन धेरै सहयोग पुगेको छ ।’ 

undefined नेपाल आउँदा यहाँका विभिन्न स्थानको भ्रमण गरी सो ठाउँको विशेषताको बारमा सामाजिक सञ्जालमा राखेर प्रचारसमेत गरेको श्रेष्ठले उदाहरण दिए । नेपाल बसाइमा उनीहरुले ठमेल, बौद्धनाथ स्तुपा, स्वयम्भू, वसन्तपुर, पोखरा घुमेका थिए् । काठमाडौं महानगरपालिकाले ठमेलका विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडानका साथै ट्राफिक र फोहरमैला व्यवस्थापन, सडक बत्ति राम्रो गरिदिएको, प्रहरीको सुरक्षा व्यवस्था पनि पहिलाभन्दा राम्रो रहेकाले रात्रिकालिन व्यवसायका लागि धेरै सहज भएको उनले बताए । सडक बत्तिहरु राख्ने कुरामा आफूहरुले पनि सहयोग गरेको श्रेष्ठले बताए । 

उनले भने, ‘पहिला पहिला लाइट नहुँदा खाएर मातेर झगडा गर्ने हुन्थ्यो । अहिले त्यस्तै विरलै हुन्छ । प्रहरीले पनि राम्रो सहयोग गरिरहेको छ । महानगरपालिकाले भने धेरै सहयोग गरेको छ । जताततै सीसीटीभी भएकाले कसैले बदमासी गर्ने आँट गरिहाल्दैन् । पत्ता लागिहाल्छ । बदमासी गर्ने पक्राउ परिहाल्छ ।’  

अहिले राजधानी काठमाडौंमा सात वटा र काठमाडौं बाहिर पोखरा र बुटवलमा तीन वटा क्लब सञ्चालन छ । यी सबै सफलरुपमा नै चलेको रुदिप श्रेष्ठको भनाई छ । यी क्लबमा स्वदेशी र विदेशी ग्राहक उस्तै रहेको भन्दै उनले क्लबमा बढीभन्दा बढी विदेशी पर्यटक भित्राउन आफूहरुले पहल गर्दै आएको उनले बताए । श्रेष्ठले भने, ‘ट्रेकिङको सिजनमा नेपाल आउने पर्यटकहरु धेरै आउँछन् । ट्रेकिङ गरेर आएपछि रमाइलोको लागि क्लब छिर्ने कल्चर छ । तर आन्तरिक पर्यटक नभए विदेशीले मात्रै टिकाउन गाह्रै हुन्छ ।’ आर्थिक मन्दीका कारण नेपालीहरु केही कम भए पनि भारतीय र अन्य देशका पर्यटकहरुको आगमन राम्रै रहेको छ । 

जन्मदिन र अन्य विशेष समारोहमा नाइट क्लबमा कार्यक्रम गर्ने चलन पनि बढेर गएको छ । उनले थपे, ‘पहिलाको हेरिकिन अहिले एउटा के परिवर्तन भएको छ भने पहिला क्लबतिर जानुहुँर्दैन । युवा मात्रै जाने हो भन्ने थियो । अहिले परिवार नै आउँछन् । कसैको विवाह भएपछि पार्टी प्यालेसमा नाचेर बस्नुभन्दा क्लब जाउँ भन्ने रहर हुन्छ ।’ अध्यक्ष श्रेष्ठले आउने ग्राहकसँग बहुमूल्य सामान र गरगहना पनि हुने भएकाले उनीहरुको सुरक्षामा आफूहरुले विशेष सतर्कता अपनाउने र सुरक्षित ढंगले मनोरञ्जन प्रदान गर्ने वातावरण प्रदान गर्ने गरेको बताए । यस्ता नाइट क्लबमा १८ वर्षभन्दा कम उमेरकालाई भने प्रवेश निषेध छ । शंक लागेमा उनीहरुको परिचयपत्र हेरेर मात्रै प्रवेश दिने गरेको उनले बताए । 

undefinedत्यति मात्रै नभएर एलओडी क्लब राजा ज्ञानेन्द्र शाहदेखि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको समेत रोजाईको क्लब हो । एक पटक पूर्वप्रधानमन्त्री केपी ओली समेत सो क्लबमा पुगेका थिए । ‘उहाँहरु आएपछि के रहेछ एलओडीमा ? भन्ने जिज्ञासा ओल्डर जेनरेसनलाई पनि परेको छ । राहुल गान्धी आएर एलओडीमा पार्टी गरेपछि धेरै भारतीय पर्यटक पनि आउन थाले । स्वयम राजा ज्ञानेन्द्र पनि आइबक्सियो । यसले निकै राम्रो सन्देश पनि बाहिर गयो’, रुदिपले बताए ।   
अहिले भएकाबाहेक अरु केही नयाँ नाइट क्लबहरु पनि आउने क्रममा रहेको सुनाउँदै उनले जति यस उद्योगको विकास हुन्छ, त्यति नै नेपाल हबको रुपमा विकास हुन सहयोग पुग्ने बताए । पाकिस्तान जस्तो ठाउँमा समेत यस्ता क्लब रहेको र पार्टीहरु हुने गरेको बताउँदै श्रेष्ठले नेपाल पर्यटकीयरुपमा आकर्षक मुलुक भएकाले उनीहरुको मनोरञ्जनका लागि पनि स्तरीय नाइट क्लबहरुको जरुरी हुने तर्क गरे । 

अध्यक्ष श्रेष्ठले एलओडी क्लबले मासिक करिव ३० लाख भ्याट मात्रै तिर्नेगरेको जानकारी दिँदै ग्राहकसँग भएको कारोबारका आधारमा पारदर्शीरुपमा भ्याट तिर्दै आएको बताए । उनले नाइट क्लबहरुमा विभिन्न तहको सुरक्षाका लागि निकै ठूलो लगानी र सावधानी अपनाउनुपर्ने भएकाले त्यसमा ठूलो खर्च हुने गरेको बताए । श्रेष्ठले अबको सात महिनामा पुनः साउन्ट सिस्टम र लेआउट परिवर्तन हुने बताउँदै यस्तो खालको परिवर्तन, समयअनुसारको प्रविधिहरुको प्रयोग समय समयमा गर्नुपर्ने हुन्छ भने । क्लबभित्र आगलागी नहोस भन्नका लागि त्यही खालको सुरक्षा प्रविधिहरु जडान गरिएको उनको भनाई छ । 

nullnullnullnull

Advertisement

Advertisement