खराब कर्जा  बढेपछि प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा घटेको देखिएको छ । 

बैंकले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा घटेको हो । नाफामा खराब कर्जाको दबाब देखिएको छ । 

Advertisement

समीक्षा अवधिमा बैंकको खुद नाफा ७.२७ प्रतिशतले घटेर १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

त्यसैगरी, चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने २६.३२ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपियाँ पुगेको छ । सञ्चालन नाफा पनि २८.४५ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड २७ लाख ४१ हजार रुपियाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । 

त्यस्तै, बैंकको एनपिएल ३.४८ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ । 

गत आवमा १ अर्ब ५७ करोड ६३ लाख ४९ हजार रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा बढेर १ अर्ब ७५ करोड ८६ लाख ४५ हजार रुपियाँ पुगेको छ । 

चालू आवको ९ महिनामा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपियाँ छ भने वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपियाँ छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ११.७ रुपियाँ, प्रतिशेयर नेटवर्थ १४२.६ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement