सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा संस्थापकबाहेक जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौं, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयसम्म शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

Advertisement