क्लासिक भ्यू रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । 

क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । 

Advertisement

सोही सेवा अन्तर्गत वडा नं.५, डाडाँ गाउँ नगरपालिका, बुढानिलकण्ठ, काठमाडौंमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई कम्पनीको जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १०,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्न दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्दराज कुँवर लगायत अन्य संचालक तथा संस्थापक शेयरधनीहरुको रियल स्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हासिल गरेका व्यक्तिहरु छन् । 

क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी प्रर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने कम्पनीको दाबी छ ।

साथै क्लासिक भ्यु रिसोर्ट संचालनको लागि इन्डियन ख्याती प्राप्त ब्राण्ड सरोबरको ‘रोयल टुपिल’ ब्राण्डसँग व्यवस्थापकीय सम्झौता समेत सम्पन्न भइसकेको छ ।
 

Advertisement