वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा पौने ८ अर्बले ऋणात्मक, १० वटाले लाभांश दिनै नसक्ने

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आउँदा १० वाणिज्य बैंक लाभांश  दिन नसक्ने अवस्थामा पुगेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तर, चैत मसान्तसम्म आउँदा १० बैंकसँग वितरणयोग्य नाफा नै छैन । 

वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणको प्रतिवेदनले यस्तो यस्तो देखाएको हो । समीक्षा अवधीमा २० बैंकले ४० अर्ब ६८ करोड रुपियाँ खुद नाफा कमाएका छन् । तर, बैैंकिङ क्षेत्रको वितरणयोग्य नाफा भने औसतमा ७ अर्ब ७६ करोड ७२ लाख रुपियाँले ऋणात्मक (नोक्सानी) देखिएको छ । 

Advertisement

null

सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि, नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन् । 

सिद्धार्थको २७ करोड १२ लाख, माछापुच्छ्रेको ३० करोड ५६, ग्लोबल आईएमईको ४२ करोड ३१ लाख, एनएमबीको ४२ करोड ९२ लाख, नेपालको १ अर्ब ४ करोड ६६ लाख, लक्ष्मीको १ अर्ब २४ करोड ८४ लाख, कुमारीको १ अर्ब ५७ करोड ३५ लाख, एनआईसी एसियाको १ अर्ब ७२ करोड ५६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको ५ अर्ब ८ करोड १६ लाख र हिमालयन बैंकको ५ अर्ब २४ करोड २४ लाख रुपियाँले वितरणयोग्य नाफा ऋणात्मक छ । 

undefinedयी बाहेक अन्य १० बैंक भने लाभांश दिने अवस्थामा देखिन्छन् । एभरेष्टसँग २ अर्ब ७५ करोड ११ लाख, स्ट्याण्डर्ड चार्टडसँग १ अर्ब ८१ करोड ७२ लाख, नविलसँग १ अर्ब ५४ करोड ७० लाख, कृषि विकाससँग १ अर्ब १२ करोड ८६ लाख नेपाल एसबीआईसँग ८३ करोड ४३ लाख र सानिमासँग ७५ करोड ६८ लाख रुपियाँ वितरणयोग्य नाफा देखिएको छ । यसैगरी प्राइमसँग ३१ करोड ३३ लाख, राष्ट्रिय वाणिज्य बेंकसँग २४ करोड ६२ लाख, प्रभुसँग १६ करोड ६२ लाख र सिटिजन्ससँग १ करोड ८९ लाख रुपियाँ वितरणयोग्य नाफा देखिएको छ । 

आर्थिक बर्ष सकिन अझै ३ महिना बाँकी नै छ । असारसम्म पुग्दा बैंकिङ क्षेत्रको वित्तीय विवरणमा सुधार आउने सम्भावना छ । तर, बैंकरहरु त्यतिधेरै आशावादी भने छैनन् ।  

बिशेषगरी पछिल्लो समय देखिएको आर्थिक शिथिलताको असर बैंकको वितरणयोग्य नाफामा पनि देखिएको छ । आर्थिक शिथिलताका कारण बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै गएको छ । यस्तो कर्जा बढ्दा बैंकहरुले राख्नुपर्ने प्रोभिजनिङ रकम बढ्दै गएको छ । असुल हुन नसकेको व्याजलाई आम्दानीमा देखाइएको छ । तर, त्यसबापत पनि छुट्टै रकम प्रोभिजनिङ गर्नुपरेको छ । फलस्वरुप नाफा कमाउँदा पनि बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
 

 

Advertisement