वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व राष्ट्र बैंकको प्राथमिकताः गभर्नर (सम्बोधनको पूर्ण पाठ)

Advertisement

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा शुक्रबार राष्ट्र बैंकको ६९औं बार्षिकोत्सवमा व्यक्ति विचार
१. २०८१ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको छ । यस घडीमा बैंकका पूर्व गभर्नरज्यूहरूलगायत सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु । वार्षिकोत्सवको यस अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, बैंकको कार्यसम्पादनमा महवपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य निकाय, बंकै तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्था, सञ्चारमाध्यम तथा सरोकारवाला शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

२. २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहन गयो । समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो । बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् परिमार्जनका काम पनि निरन्तर रूपमा गरिए । बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र चालु आर्थिक वर्षको फागुन महिनासम्ममा यस बैंकले अवलम्बन गरेका महत्वपूर्ण नीतिगत व्यवस्था र सम्पादन गरेका कार्यहरू प्रस्तुत गर्न चाहन्छु । 

Advertisement

मिश्रित अवस्थामा अर्थतन्त्र 
३. अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ । खासगरी विपे्रषण आप्रवाह उल्लख्ेय बढेको तथा आयात घटके ोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको छ । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ । 

४. थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको छ । चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ । तथापि, रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम भने कायमै छ । 

५. आर्थिक वर्ष २०८०–८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ । करिब ६०० मेगावाट थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ । तथापि, सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् । 

६. आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ । २०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । यद्यपि, २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ । 

कानुनी तथा कार्यविधि तर्जुमा र सुधार 
७. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन मस्यौदा तयार गरी संशोधन प्रक्रिया अगाडि बढाइएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिएको छ । 

८. विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९; भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ र विनिमेय अधिकारपत्र ऐन, २०३४ मा पुनरावलोकन गरी संशोधन मस्यौदा तर्जुमा कार्य अगाडि बढाइएको छ । लिज फाइनान्स, वित्तीय सम्पत्तिको पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्यूरिटाइजेसन) सम्बन्धी कानुनको मस्यौदा तर्जुमाको क्रममा रहेका छन् । 

९. भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूको मर्जर र प्राप्तिसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्दै भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ संशोधन गरी भुक्तानी तथा फछ्र्यौट विनियमावली, (पहिलो संशोधन २०८०), २०७७ लागू भएको छ । यसैगरी, भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७३ लाई समयसापेक्ष महा प्रसाद अधिकारी गभर्नर घ संशोधन गरी भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरिएको छ । 

१०. ‘नेपाल राष्ट्र बैंक, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (तेस्रो संशोधनसहित)’ जारी गरिएको छ भने ‘नेपाल राष्ट्र बैंक विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ मा संशोधन गरिएको छ । 

समष्टिगत आर्थिक तथा वित्तीय स्थिति 
विश्व अर्थतन्त्रको अवस्था 
११. अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२४ मा प्रकाशित World Economic Outlook अनुसार सन् २०२४ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण छ । विकसित देशहरूको अर्थतन्त्र सन् २०२३ मा १.६ प्रतिशतले वृद्धि भएकोमा सन् २०२४ मा १.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । यसैगरी, २०२३ मा ४.३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२४ मा ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२४ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र ६.८ प्रतिशत र चीनको अर्थतन्त्र ४.६ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । 

१२. विश्वको मुद्रास्फीति सुधारोन्मुख रहेको छ । अन्तर्राष्ट्रिय मुदा कोषका अनुसार सन् २०२३ मा विश्वको मुद्रास्फीति ६.८ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.९ प्रतिशत रहने प्रक्षेपण छ । विकसित अर्थतन्त्रको औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेकोमा सन् २०२४ मा २.६ प्रतिशत रहने प्रक्षेपण छ । यसैगरी, सन् २०२३ मा ८.३ प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मुद्रास्फीति सन् २०२४ मा समेत ८.३ प्रतिशत नै रहने कोषको प्रक्षेपण छ । 

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति 
वास्तविक क्षेत्र 
१३. आर्थिक वर्ष २०८०–८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्टको निर्यात बढ्दै गएको सन्दर्भमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने देखिन्छ । 

१४. नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा धानबाली लगाइएको क्षेत्रफल ०.६१ प्रतिशतले घटे तापनि धानबालीको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ । 

१५. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिदर ४.० प्रतिशत रहेको छ । यस अवधिमा औद्योगिक उत्पादनमा कमी आएको छ भने आवास तथा भोजन सेवा, विद्युत् तथा ग्यास क्षेत्र, यातायात तथा भण्डारण क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढेको छ । समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीनदेखि चार प्रतिशतको हाराहारीमा रहन सक्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरूको अनुमान छ । 

मूल्य स्थिति
१६. २०८० फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । 

१७. आर्थिक वर्ष २०८०–८१ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ६.०८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.९३ प्रतिशत थियो । 

१८. २०८० फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत थियो । 

१९. २०८० फागुन महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ८.५६ प्रतिशतले बढके ो थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १.०५ प्रतिशत र ज्यालादर सूचकाङ्क ६.९२ प्रतिशतले वृद्धि भएको छ । 

सरकारी वित्त स्थिति 
२०. नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०८० चैत मसान्तसम्ममा चालु खर्च रु.६४४ अर्ब २ करोड, पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु.१६७ अर्ब ९९ करोड गरी कुल सरकारी खर्च रु.९०९ अर्ब ३९ करोड (विनियोजित बजेटको ५१.९३ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल सरकारको चालु खर्च रु.७०६ अर्ब ७७ करोड, पुँजीगत खर्च रु.१०७ अर्ब २४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु.१२९ अर्ब ४ करोड गरी कुल सरकारी खर्च रु.९४३ अर्ब ५ करोड (विनियोजित बजेटको ५२.५७ प्रतिशत) रहेको थियो । 

२१. २०८० चैत मसान्तसम्ममा नेपाल सरकारको कर राजस्व रु.६७१ अर्ब १२ करोड र गैरकर राजस्व रु.७६ अर्ब ९३ करोड गरी कुल राजस्व सङ्कलन ९.४ प्रतिशतले वृद्घि भई रु.७४८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कर राजस्व रु.६१६ अर्ब १२ करोड र गैरकर राजस्व रु.६७ अर्ब ६९ करोड गरी कुल राजस्व सङ्कलन रु.६८३ अर्ब ८१ करोड रहेको थियो । महा प्रसाद अधिकारी गभर्नर छ 

२२. आर्थिक वर्ष २०८०÷८१ मा नेपाल सरकारको रु.२४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा २०८० चैत मसान्तसम्ममा रु.१७६ अर्ब परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.११२ अर्ब २० करोड आन्तरिक ऋण परिचालन भएको थियो । 

वैदेशिक व्यापार तथा शोधनान्तर स्थिति 
२३. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा कुल वस्तु निर्यातमा ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा कुल वस्तु आयातमा २.७ प्रतिशतले कमी आई रु.१,०३० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । 

२४. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटामा २.५ प्रतिशतले कमी आई रु.९२९ अर्ब ६१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटको थियो ।

२५. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा चालु खाता रु.१६६ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५५ अर्ब २८ करोडले घाटामा थियो । यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४२ अर्बले बचतमा थियो । 

२६. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढके ो थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु. १,०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो । 

२७. २०८० असार मसान्तमा रु.१,५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.१,८७२ अर्ब ८२ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

मौद्रिक स्थिति तथा तरलता व्यवस्थापन 
२८. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको र सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विस्तृत मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो भने सञ्चित मुद्रा ०.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८० फागुनमा विस्तृत मुद्राप्रदाय र सञ्चित मुद्रा क्रमशः १४.० प्रतिशत र ७.६ प्रतिशतले बढेको छ । 

२९. आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ७.६ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.६,१४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले बढेर रु.४,९९६ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप परिचालन ५.५ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको थियो । 

३०. यस बैंकले विभिन्न मौद्रिक उपकरणका प्रयोग गरी बैंकि े ङ प्रणालीको तरलता व्यवस्थापन गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८०–८१ को आठ महिनासम्ममा स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.५६१ अर्ब ४१ करोड गरी कुल रु.५६२ अर्ब ६१ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.५९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.५६६ अर्ब ८० करोड गरी कुल रु.१,१५९ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । 

३१. समीक्षा अवधिमा विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी रु.४९६ अर्ब ६६ करोड तरलता प्रवाह भएको छ । यसैगरी, अमेरिकी डलर २ अर्ब ४६ करोड बिक्री गरी रु.३२७ अर्ब ४ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । 

३२. आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको ब्याजदरमा स्थायित्व कायम गर्न २०८० फागुन १ गतेदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको छ ।

३३. सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम यस बैंकले गर्दै आएको आन्तरिक ऋण व्यवस्थापनसम्बन्धी कार्य २०८० चतैदेखि नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्पmत हुन थालेको छ । 

ब्याजदर 
३४. चालु आर्थिक वर्षमा ब्याजदर निरन्तर घट्दै गएका छन् । २०७९ फागुनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेकोमा २०८० फागुनमा ३.०२ प्रतिशत रहेको छ । यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेको तुलनामा २०८० फागुनमा २.९२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ फागुनमा ७.२१ प्रतिशत रहेकोमा २०८० महा प्रसाद अधिकारी गभर्नर ठ फागुनमा २.९२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर २०७९ फागुनमा ७.१८ प्रतिशत रहेकोमा २०८० फागुनमा २.९२ प्रतिशत रहेको छ । 

३५. चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता बढेको छ । फलस्वरूप, अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरू घट्दै गएका छन् । २०८० फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । यसैगरी, २०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको फागुनमा वाणिज्य बैंकहरूको कर्जा र निक्षेपको भारित औसत ब्याजदर क्रमशः १३.०३ प्रतिशत र ८.३७ प्रतिशत थियो भने औसत आधार दर १०.६४ प्रतिशत रहेको थियो । 

तथ्याङ्क सुदृढीकरण 
३६. यस बैंकले प्रकाशन गर्दै आएको मौद्रिक सर्वेक्षण र अन्य मौद्रिक तथा वित्तीय परिसूचकसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर अभिवृद्धि गर्दै २०८० पुसदेखि आवासीय अवधारणामा आधारित (Residential Basis) बनाइएको छ । साथै, बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटडे र नेपाल पूर्वाधार विकास बैंकसमेतलाई समेटी ‘वित्तीय क्षेत्र सर्वेक्षण ९ँष्लबलअष्ब िऋयचउयचबतष्यल क्गचखभथ०’ प्रकाशन गर्न सुरु गरिएको छ । 

३७. यस बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको नयाँ आधार वर्ष २०८०–८१ निर्धारण गर्ने कार्यका लागि बजार केन्द्रहरू छनोट गरी वस्तु तथा सेवाको नियमित मूल्य सङ्कलन गर्ने र भाराङ्क अद्यावधिक गर्ने कार्य गरिरहेको छ । आधार वर्ष अद्यावधिक भएपश्चात् प्रदेशगत मूल्य सूचकाङ्कसमेत प्रकाशन गर्ने यस बैंकको योजना रहेको छ । उक्त कार्यका लागि सात वटै प्रदेशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्र छनोट गरी ती केन्द्रबाट वस्तु तथा सेवाको मूल्य तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ । वस्तु तथा सेवाको भाराङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा गरिनेछ । आधार वर्ष अद्यावधिक भएपश्चात् राष्ट्रियस्तर र प्रदेशगत मूल्य सूचकाङ्कसमेत प्रकाशन गर्ने बैंकको योजना छ । 

मर्जर तथा प्राप्ति र वित्तीय पहुँच अभिवृद्धि 
३८. बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न÷गाभिन प्रोत्साहन गर्ने यस बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० कायम भएको छ । यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । तीमध्ये १९४ संस्थाको इजाजत खारेज भई १०९ संस्था कायम भएका हुन् । 

३९. समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको छ । २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ । २०८० फागुन मसान्तसम्म वाणिज्य बैंकका ५,०४१, विकास बैंकका १,१३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका ५,१३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११,५९४ पुगेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब २,५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्नसक्ने देखिन्छ । नियामकीय व्यवस्था 

४०. Stress Testing का सिद्धान्तलाई अद्यावधिक र व्यवस्थित गर्ने तथा बैंकिङ  क्षेत्रमा आएका परिवर्तनसँगै Stress Testingलाई थप परिष्कृत गर्ने उद्देश्यले इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको 'Stress Testing Guidelines, 2012' लाई प्रतिस्थापन गरी 'Stress Testing Guidelines, 2013' जारी गरिएको छ । 

४१. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजी प्रकृतिका कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले जारी गरिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा साना व्यवसाय तथा उत्पादनमूलक उद्योगका लागि सरल र सहज बनाउन चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को दोस्रो संशोधन गरिएको छ । 

४२. आर्थिक वर्ष २०८१–८२ देखि नेपाल लेखामानअनुसार बैंक तथा वित्तीय संस्थाले Expected Credit Loss सम्बन्धी नीति लागू गर्नुपर्ने हुँदा विद्यमान लेखा नीतिसँग नबाझिने गरी नियामकीय निर्देशन प्रदान गर्ने उद्देश्यले NFRS 9- Expected Credit Loss Guidelines, 2024 को मस्यौदा तयार गरी राय÷सुझावका लागि Consultative Document प्रकाशन गरिएको छ । 

४३. Green Financingलाई प्रोत्साहन गर्ने, हरित बण्ड निष्कासन गर्ने, जलवायु जोखिम रिपोर्टिङ गर्ने, पुँजी आवश्यकता पहिचान गर्नेलगायतका विषय समावेश गरी Nepal Green Finance Taxonomyको मस्यौदा तयार पारी राय÷सुझावका लागि Consultative Document प्रकाशन गरिएको छ । 

४४. वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०÷८१ देखि 'Capital Adequacy Framework, 2015'मा व्यवस्था भएबमोजिमको Countercyclical Bufferकायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकले समेत आर्थिक वर्ष २०८०–८१ को अन्त्यसम्म ०.५ प्रतिशत Countercyclical Buffer कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, राष्ट्रियस्तरका विकास बैंकले पूर्ण रूपमा 'Capital Adequacy Framework, 2015' अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । 

४५. सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिएको छ । नेपाल सरकारबाट मान्यता तथा इजाजतप्राप्त Land Acquisition and Development सम्बन्धी कार्य गर्ने निकाय÷प्रोजेक्टलाई प्रदान गरिने रियल स्टेट कर्जाको लागि विद्यमान जोखिम भार घटाई १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । 

४६. रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको Fair Market Value बीचको अनुपात (Loan to Value Ratio)बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, निजी आवासीय घर कर्जा (Personal Residential Home Loan)र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृतिप्राप्त घर निर्माण व्यवसाय कम्पनी एवम् परियोजनालाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात (Loan to Value Ratio)बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड कायम गरिएको छ । 

४७. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । 

४८. २०८३ असार मसान्तसम्म तोकिएका क्षेत्रमा गर्नुपर्ने कर्जा लगानीको समयावधि २०८४ असार मसान्तसम्म कायम गरी प्रत्येक वर्षको अन्त्यसम्म गर्नुपर्ने न्यूनतम लगानी प्रतिशत परिमार्जन गरिएको छ । 

४९. कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु.१५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा रु.२० करोड कायम गरिएको छ । 

५०. कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर दुई प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरिएको छ । 

५१. प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमार्फत उद्यमशीलता प्रवद्धर्न गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयर (Equity) मा गरिएको कुल लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्न अनिवार्य नहुने व्यवस्था गरिएको छ । 

५२. कर्जा वर्गीकरणअनुसार असल वर्गको कर्जामा न्यूनतम कर्जा नोक्सानी व्यवस्था १.३० प्रतिशतलाई परिमार्जन गरी १.२५ प्रतिशत कायम गरिएको छ । 

५३. बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरूको उद्योग÷व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न सकिने व्यवस्था मिलाइएको छ । 

५४. कर्जा वर्गीकरणसम्बन्धी कुनै ऋणी संस्था÷व्यक्तिले एकभन्दा बढी शीर्षकमा कर्जा लिएकोमा एक कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा बक्यौतालाई कम्तीमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था २०८० माघ १ देखि लागू गरिएको छ । 

५५. परिस्थितिजन्य कारणले समस्यामा परी लघुिवत्त वित्तीय संस्थाको कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाखभित्र एक पटकको लागि पुनरतालिकीकरण र÷वा पुनर्संरचना गर्नसक्ने व्यवस्था गरिएको छ । 

५६. लघुवित्त वित्तीय संस्थाले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा संशोधन गरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । 

५७. थोक कर्जा कारोबार गर्ने र सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूले भई राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरूले पनि नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरिएको छ । 

निरीक्षण तथा सुपरिवेक्षण 
५८. वार्षिक निरीक्षण कार्य योजनाअनुसार २०८० फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको आठ वटा समष्टिगत स्थलगत निरीक्षण र एक वटा लक्षित स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । 

५९. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यको सुपरिवेक्षणका लागि स्थापित सुपरिवेक्षण महाशाखाबाट २०८० फागुन मसान्तसम्ममा ५ वाणिज्य बैंक, १२ विकास बैंक, १० वित्त कम्पनी र २ भुक्तानी सेवा प्रदायक संस्थासमेत गरी कुल २९ वटा AML/CFTमा आधारित स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । 

६०. विभिन्न निकाय तथा सेवाग्राहीबाट २०८० फागुन मसान्तसम्म १५२ वटा निवेदन तथा उजुरी प्राप्त भई सो उजुरीका सम्बन्धमा विभिन्न वाणिज्य बैंकहरूको गैरस्थलगत विशेष निरीक्षण तथा १२ पटक विशेष स्थलगत निरीक्षण गरी ९० वटा उजुरीका सम्बन्धमा आवश्यक निर्देशन दिइएको छ । ६२ वटा उजुरी छानबिन तथा विशेष निरीक्षणको प्रक्रियामा छन् । यस बैंकबाट जारी गरिएका नीति, निर्देशन तथा व्यवस्थाको उल्लङ्घन गरेबापत चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १६ वटा वाणिज्य बैंकलाई २१ पटक कारबाही तथा जरिवानासमेत गरिएको छ । 

६१. यस वर्षदेखि सुपरिवेक्षकीय सूचना प्रणाली (Supervisory Information System-SIS)मार्फत प्राप्त तथ्याङ्कको आधारमा सम्बन्धित सुपरिवेक्षण विभागहरूले वाणिज्य बैंक, पूर्वाधार विकास बैंक, विकास बैंक र वित्त कम्पनीको अनुपालना अनुगमन गर्ने कार्य सुरु भएको छ । वाणिज्य बैंकहरूको स्थलगत निरीक्षणको कार्यमा सुपरिवेक्षकीय सूचना प्रणालीमा विकास भएको इलकष्तभ ःयमगभि को प्रयोग गरी स्थलगत निरीक्षण गर्ने कार्य प्रारम्भ भएको छ । 

६२. 'Stress Testing Framework, 2023' जारी गरिएको छ । यसैगरी, Macro Stress Testing जारी हुने क्रममा रहेको छ । साथै, Model Buildingको लागि प्रारम्भिक अध्ययन सम्पन्न भई Model Buildingको क्रममा रहेको छ । 

६३. यस बैंकबाट इजाजतपत्रप्राप्त १० ठूला वाणिज्य बैंकहरूको स्वतन्त्र अन्तर्राष्ट्रिय तेस्रो पक्ष लेखापरीक्षक (Independent International Third Party Auditors) बाट Loan Portfolio Review गर्ने कार्यका लागि परामर्शदाता नियुक्त गर्न Expression of Interest (EOI)आह्वान गरिएको छ । 

६४. २०८० फागुन मसान्तमा ८ राष्ट्रियस्तर र ९ प्रादेशिक स्तरका गरी कुल १७ वटा विकास बैंकहरू सञ्चालनमा रहेका छन् । यसैगरी, १५ राष्ट्रियस्तर र २ प्रादेशिक स्तरका वित्त कम्पनी गरी कुल १७ वटा वित्त कम्पनी सञ्चालनमा रहेका छन् । तीमध्ये दुई वटा समस्याग्रस्त अवस्थामा छन् । 

६५. समीक्षा अवधिमा राष्ट्रियस्तरका ४ वटा विकास बैंकमा जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ । यसैगरी, प्रादेशिक स्तरका ९ विकास बैंक र ११ वित्त कम्पनीमा अनुपालनामा आधारितसहित कुल २४ वटा संस्थाको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ । विभिन्न निकाय र सरोकारवालाबाट प्राप्त सूचना, निवेदन, गुनासो तथा उजुरीका आधारमा २ विकास बैंक र १ वित्त कम्पनी गरी ३ वटा संस्थामा विशेष निरीक्षण कार्य सम्पन्न गरिएको छ । 

६६. नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकले जारी गरेका निर्देशनहरू उल्लङ्घन गर्ने बैंक तथा वित्तीय संस्थालाई कानुनबमोजिम आर्थिक तथा गैरआर्थिक कारबाही गरिएको छ । त्यस्तो कारबाहीसम्बन्धी सङ्क्षिप्त विवरण यस बैंकको वेबसाइटमार्फत प्रकाशन गरिएको छ । उक्त विवरणबमोजिम २०८० वैशाखदेखि फागुन मसान्तसम्म यस बैंकबाट इजाजतपत्रप्राप्त ‘ख’ वर्गका आठ विकास बैंक र ‘ग’ वर्गका पाँच वित्त कम्पनी गरी कुल १३ वटा संस्था तथा तीमध्ये कतिपय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने, नसिहत दिने, बर्खास्त महा प्रसाद अधिकारी गभर्नर ज्ञद्द गर्न निर्देशन दिने, आर्थिक जरिवाना लगाउने लगायतका कुल ३९ वटा कारबाहीहरू गरिएको छ । 

६७. गत वर्ष स्थापित गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमार्पmत समीक्षा अवधिमा २६ वटा रेमिट्यान्स कम्पनी र छ वटा ‘क’ वर्गका बैंकहरूले गरेका विपे्रषण कारोबारको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । यसैगरी, ४५ मनिचन्ेजर कम्पनी, २७ टुर्स÷ट्राभल्स र टे«किङ कम्पनी, ७ हायरपर्चेज कम्पनी, २२ होटल, ४ कार्गो कम्पनी, ६ एयरलायन्स कम्पनी र अन्य ४ वटा कम्पनीको स्थलगत निरीक्षण तथा सुपरिवेक्षण कार्य सम्पन्न भएको छ । 

६८. समीक्षा अवधिमा २०० वटा भन्दा बढी मनिचेञ्जर कम्पनीहरूको कारोबार स्थान सम्बन्धी ई–म्यापिङ गर्ने कार्य सम्पन्न भएको छ । साथै, विदेशी विनिमयसम्बन्धी कारोबार गर्ने संस्थाले यस बैंकमा उक्त कारोबारको Reporting ug]{ Online Platform (FXOL System) लाई upgrade गरिएको छ । 

लघुवित्त 
६९. समीक्षा अवधिमा ३१ वटा लघुवित्त वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण तथा तीन वटा संस्थाको विशेष निरीक्षण कार्य सम्पन्न गरिएको छ । 

७०. यस बैंकबाट विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुिवत्त वित्तीय संस्था लिमिटेड, तुलसीपुरलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ग को उपदफा १ को खण्ड (ण) बमोजिम मिति २०७९÷१०÷२३ देखि यस बैंकको नियन्त्रणमा लिई बैंकबाट नियुक्त व्यवस्थापन समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएकोमा मिति २०८०–०५–१७ देखि दुई सदस्यीय बाह्य व्यवस्थापन समिति नियुक्त गरी सो समितिबाट व्यवस्थापन सञ्चालन भइरहेको छ । 

७१. लघुवित्त वित्तीय संस्थाका लागि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण कार्यविधि (Onsite and Offsite Supervision Manual) स्वीकृति भई लागू भएको छ । 

७२. लघुवित्त वित्तीय संस्थाका सदस्यको गुनासो सुनुवाइ तथा व्यवस्थापनको लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा मिति २०८०÷०२÷१० देखि टोल फ्री नम्बरसहितको अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना भएको छ ।

भुक्तानी प्रणाली 

७३. भुक्तानी तथा फछ्र्याैट ऐन, २०७५; भुक्तानी तथा फछ्र्याैट विनियमावली, २०७७ र अनुमति नीति, २०७९ अन्तर्गत रही इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाहेकका १० वटा भुक्तानी प्रणाली सञ्चालक (PSOs) र २७ वटा भुक्तानी सेवा प्रदायक (PSPs) संस्थाहरू सञ्चालनमा रहेका छन् । 

७४. विद्युतीय कारोबारमा आएको व्यापकतासँगै वृद्धि भएको साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि Cyber Resilience Guidelines जारी गरिएको छ । 

७५. भुक्तानी प्रणाली तथा उपकरणमा नवीन सिर्जनाको विकास तथा प्रवद्धर्न का लागि Innovation Office स्थापना गर्न र भुक्तानी प्रणालीमा भएका नवीन सिर्जनाले देशको समग्र भुक्तानी प्रणालीमा निम्त्याउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तिनलाई बजारीकरण गर्नुअगावै सूक्ष्म निगरानी गरी जोखिम कम गर्न Regulatory Sandboxस्थापना गर्ने सम्बन्धमा प्रतिवेदन स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । 

७६. यस बैंकको चौथो रणनीतिक योजनामा उल्लेख भएबमोजिम सन् २०२६ सम्ममा CBDCको Pilot परीक्षण सुरुआत गर्न केन्द्रीय बैंक विद्युतीय मुद्रा महाशाखा स्थापना भएको छ । यस क्रममा महाशाखाले अन्य केन्द्रीय बैंकसँग भर्चुअल माध्यमबाट छलफल तथा समन्वयात्मक कार्य अघि बढाउने तथा यस बैंकको रणनीतिक योजनाले CBDCसम्बन्धमा तय गरेको लक्ष्य हासिल गर्नेगरी कार्ययोजनासहितका कार्यहरू अगाडि बढाएको छ । महाशाखाले BIS Innovation Hub द्वारा सञ्चालित सीमापार CBDC परियोजना (Project mBridge) मा पर्यवेक्षक सदस्यको रूपमा सहभागी भई सीमापार भुक्तानीमा CBDC को प्रयोगसम्बन्धी जानकारी लिइरहेको छ । 

७७. सम्पत्ति शद्धु ीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पालनाका लागि अनुमतिपत्रप्राप्त संस्थाहरूमा निरीक्षण तथा सुपरिवेक्षण गर्न AML/CFT Supervisory Framework & Risk Based AML/CFT Supervision Manual for Payment Systems Operators and Payment Systems Providers स्वीकृत भई कार्यान्वयन सुरु भएको छ । 

७८. भुक्तानी प्रणालीसँग सम्बन्धित सरोकारवाला निकायहरूको Cyber Securityलाई प्रभावकारी एवम् Resilient बनाउन ती निकायबीच Security सँग सम्बन्धित सूचना प्रवाह गर्ने उद्देश्यअनुरूप Malware Information Sharing Platform (MISP) स्थापना गर्न Test Environment मा कार्य भइरहेको छ । 

७९. वाणिज्य बैंक २०, विकास बैंक ११, वित्त कम्पनी १२ र नेपाल पूर्वाधार विकास बैंक १ गरी जम्मा ४४ वटा बैंक तथा वित्तीय संस्थाहरू RTGS प्रणालीमा आबद्ध भएका छन् । 

८०. समीक्षा अवधिमा एक वटा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको, एक वटा भुक्तानी सेवा प्रदायकलाई अनुमतिपत्र प्रदान गरिएको र एक वटा भुक्तानी प्रणाली सञ्चालकलाई स्वेच्छिक खारेजीको लागि सैद्धान्तिक सहमति प्रदान भएको छ । 

८१. यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक NCHL ले अर्को भुक्तानी प्रणाली सञ्चालक NEPSलाई प्राप्ति गरी एकीकरण तथा मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान भएको छ । 

विदेशी विनिमय व्यवस्थापन
८२. २०८० फागुन मसान्तमा यस बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र लिएका संस्थाको सङ्ख्या ३,५२७ रहेको छ । यी संस्थामध्ये विपे्रषणसम्बन्धी कारोबार गर्ने कम्पनीको सङ्ख्या ३६ र मनिचेञ्जर कम्पनीको सङ्ख्या ३३२ रहेको छ । इजाजतपत्रप्राप्त मनिचेञ्जरमध्ये १५३ वटा काठमाडौं उपत्यकाभित्र र १७९ वटा काठमाडौं उपत्यकाबाहिर सञ्चालनमा रहेका छन् । २०८० फागुन मसान्तमा विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्म÷कम्पनीमा होटेल २३६, ट्रेकिङ १,७३९, ट्राभल एजेन्सी ९७०, कार्गो ६४, एअरलाइन्स ७२, वाणिज्य बैंक २०, विकास बैंक ८, वित्त कम्पनी ६ र अन्य ४४ रहेका छन् । 

८३. नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति ९ल्य इदवभअतष्यल ीभततभच० सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

८४. भिसा आवेदनको हकमा सम्बन्धित दूतावासलगायत भिसा आवेदन शुल्क सङ्कलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शल्ुक लिने व्यवस्था गरेको अवस्थामा तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । 

८५. परिवत्र्य विदेशी मुद्रामा बैंक खाता भएका नेपाली विश्वविद्यालयले प्राकृतिक व्यक्ति (शोधकर्ता÷प्राध्यापक पेसाकर्मी) बाट लिने सेवाको भुक्तानी त्यस्ता प्राकृतिक व्यक्तिलाई समेत वार्षिक अमेरिकी डलर ५०,००० को सीमाभित्र रहेर गर्न सकिने व्यवस्था गरिएको छ । 

८६. मनिचेञ्जरले नेपाली नागरिकसँग अमेरिकी डलर ५,००० वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम) को खरिद कारोबार गर्नसक्ने व्यवस्था गरिएको छ । 

८७. भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर २,५०० वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने तर यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्नसक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा जापान, दक्षिण कोरिया, युरोप, संयुक्त राज्य अमेरिका, क्यानाडा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमा अधिकतम् अमेरिकी डलर २०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

८८. नेपाली नागरिकलाई विभिन्न प्रयोजनको लागि अधिकतम अमेरिकी डलर १,५०० (यसअघि अमेरिकी डलर १,००० मात्र रहेको) वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भारत बाहेक) सम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । 

८९. म्यअगmभलतक ब्नबष्लकत ब्अअभउतबलअभ ९म्ब्ब्० तथा म्यअगmभलतक ब्नबष्लकत एबथmभलत ९म्ब्ए० को माध्यमबाट एक पटकमा अधिकतम अमेरिकी डलर ६०,००० वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्नसक्ने व्यवस्था गरिएको छ । साथै, भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँ तीन करोडसम्म हुने व्यवस्था मिलाइएको छ । 

९०. विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयमार्फत हुने आयातको हकमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले तीन प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । 

९१. वायुयान सेवा सञ्चालक संस्थालाई अमेरिकी डलर १,००,००० (अमेरिकी डलर एक लाख) वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर १,००,००० बराबर हुने भा.रु. वा परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने) सम्मको सेवा आयातको लागि वाणिज्य बैंकहरूबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । 

९२. नेपाल बैंकर्स संघको सिफारिसमा ‘क’ वर्गका बैंकहरूले मात्र आयात गर्नसक्ने सुनको दैनिक परिमाण २० (बीस) किलोग्राम कायम गरिएको छ । सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बंकै खाता नभए तापनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको निजको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको प्रबन्ध मिलाउनुपर्ने व्यवस्था गरिएको छ । 

९३. राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग वा आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयमा विदेशी विनिमय कारोबारको इजाजतपत्रका लागि निवेदन पेस गर्न र इजाजतपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

९४. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्रदान गर्दा म्याद उल्लेख नभएको इजाजतपत्र प्रदान गरिने र त्यस्तो इजाजतपत्र नवीकरण गर्नु नपर्ने व्यवस्था गरिएको छ । 

९५. नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म÷कम्पनी÷संस्था÷शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता ९च्भउबतचष्बतष्यल० नहुने गरी विदेश (नागरिक वा फर्म÷कम्पनी÷संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रपा्रप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्नेगरी दैनिक रू.२० लाखसम्म (एकपटक वा पटक–पटक) को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरिएको छ । 

९६. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलके ा नेपालस्थित शिक्षण संस्थाहरूलाई सम्बन्धन, परीक्षालगायतका शुल्क भुक्तानीको लागि अमेरिकी डलर १२,००० वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । 

९७. स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकम भित्रिँदा बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा लेखाङ्कनसम्बन्धी अन्य व्यवस्था पालना हुनेगरी विदेशी लगानीको रूपमा लेखाङ्कन गर्न सकिने व्यवस्था गरिएको छ । 

९८. विदेशी लगानीबाट आर्जित मुनाफालाई सोही उद्योगमा लगानी गरिएको वा विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायबाहेक अन्य उद्योगमा लगानी गरिएको हकमा सोही ब्यहोरासमेत उल्लेख गरी विदेशी लगानी लेखाङ्कनको प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ । 

९९. इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाका साथै नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी÷अन्तर– सरकारी स्वामित्वको म्भखभयिऊभलत ँष्लबलअभ क्ष्लकतष्तगतष्यलक ९म्ँक्ष्क० लगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत स्वीकार गर्न सक्ने तथा यस्तो बैंक जमानत वा वित्तीय जमानतको आधारमा नेपालमा कर्जा प्रवाह गर्दा वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्दा सोको अन्य सुरक्षण, विदेशी विनिमयलगायत अन्य जोखिम सम्बन्धित वाणिज्य बैंक आफैँले विश्लेषण गर्नुपर्ने र कर्जा प्रवाह गर्दा वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्दा तोकिएको प्रयोजनका लागि मात्र हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो वित्तीय जमानत जफत भई रकम भिœयाएर पुनः विदेशमा रकम फिर्ता गर्नुपर्ने भएमा यस बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । 

१००. आफ्नो व्यवसाय ठेक्का पट्टा वा व्यापारको सिलसिलामा जारी हुने द्यष्म द्ययलम, एभचायचmबलअभ द्ययलम जस्ता सामान्यतः कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेण्टी बैंक तथा वित्तीय संस्था आपैmँले स्वीकार गर्नसक्ने व्यवस्था गरिएको छ । 

१०१. यस बंैकलाई पूर्वजानकारी मात्र गराएर विदेशी लगानीबापतको विदेशी मुद्रा भिœयाउने व्यवस्थाअन्तर्गत २०८० वैशाखदेखि फागुन मसान्तसम्म १९१ वटा लिखित जानकारीबाट रू.१९ अर्ब ७५ करोड ६४ लाखबराबरको स्वीकृत विदेशी लगानी बंैकिङ प्रणालीमार्पmत नेपाल भिœयाउने जानकारी यस बंैकलाई प्राप्त भएको छ । 

१०२. सेयर स्वामित्व परिवर्तनमार्फत हुने विदेशी लगानी र नेपाल राष्ट्र बैंकको स्वीकृति लिन÷पूर्व जानकारी गराउन छुट भएका उद्योग÷कम्पनीको विदेशी लगानीको समर्थनबापत कुल ६१ वटा नेपाली उद्योग÷कम्पनीलाई रु.४ अर्ब ७६ करोड २१ लाखबराबरको विदेशी मुद्रा नेपाल भिœयाउन स्वीकृति प्रदान गरिएको छ । 

१०३. यस अवधिमा ९७ वटा नेपाली उद्योग÷कम्पनीमा भएको रु.८ अर्ब १२ करोड ७४ लाखबराबरको विदेशी पुँजीस्वरूप प्राप्त रकमको लगानी लेखाङ्कन गरिएको छ । यस अवधिमा कुल पाँच वटा विदेशी लगानी भएका नेपाली उद्योग÷कम्पनीलाई रु.२२ करोड ७५ लाखबराबरको विदेशी ऋण भिœयाउने स्वीकृति प्रदान गरिएको छ भने कुल ३० पटकमा नेपाली उद्योग÷कम्पनीमा भएको रु.२१ अर्ब ८७ करोड १९ लाख बराबरको विदेशी ऋण लेखाङ्कन गरिएको छ । 

१०४. यस अवधिमा विदेशी लगानी तथा विदेशी ऋणसँग सम्बन्धित लाभांशलगायतको रकम विदेश फिर्ता लैजानका लागि १५२ वटा निवेदन पेस भएकोमा सोबापत रु.२० अर्ब ४९ करोड १५ लाखबराबरको विदेशी मुद्रा सटही स्वीकृति प्रदान गरिएको छ । 

१०५. विदेशी विनिमय लगानी गर्ने क्रममा उत्पन्न हुने विभिन्न प्रकारका जोखिम न्यूनीकरण गर्नको लागि च्ष्कप ःबलबनझभलत ँचबmभधयचप, द्दण्द्दघ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । 

१०६. विदेशी विनिमय सञ्चिति व्यवस्थापन सुधार गर्ने प्रयोजनको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराएको प्राविधिक सहायता प्रतिवेदन ९त्भअजलष्अब िब्ककष्कतबलअभ च्भउयचत ल्भउबस् िक्ष्mउचयखष्लन तजभ ँयचभष्नल भ्हअजबलनभ च्भकभचखभक ःबलबनझभलत ँचबmभधयचप० प्राप्त भई उक्त प्रतिवेदनमा उल्लिखित सुझावहरू क्रमशः कार्यान्वयनमा लजै ाने प्रक्रिया सुरु भएको छ । 

मुद्रा व्यवस्थापन 
१०७. चालु छपाइ चक्रअन्तर्गत रु.२० दरको बैंकनोटको छपाइ गर्न छपाइ कम्पनीसँगको करार सम्झौताबमोजिम नौ करोड थान नयाँ बैंकनोटको आपूर्ति भइसकेको छ । बंैकको आगामी नोट छपाइ चक्रको लागि रु.५, रु.१० र रु.१०० दरका बैंक नोटको छपाइ प्रक्रिया अगाडि बढाइएको छ । साथै, चालु सिक्का टकमरीअन्तर्गत टकमरी कम्पनीहरूसँगको सम्झौताबमोजिम रु.१ दरको २३ करोड थान र रु.२ दरको आठ करोड थान सिक्का टकमरी भई प्राप्त भएको छ । 

१०८. विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्यअनुरूप आठ थान द्यबलपलयतभ क्जचभममष्लन बलम द्यचष्त्रगभततष्लन क्थकतझ ९द्यक्द्यक्० खरिद गरी थापाथलीस्थित निर्माणाधीन भवन तथा प्रदेशस्थित कार्यालयहरूमा जडान गरिएको छ । उक्त द्यक्द्यक् मेसिनबाट उत्पादित द्यचष्त्रगभततभक बिक्री गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

१०९. नेपाल राष्ट्र बंैकले नेपाली बैंकनोटको गुणस्तर अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । यसै क्रममा चालु नोट छपाइ चक्रमा छपाइ हुने बैंकनोटहरूको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने सबैजसो प्राविधिक स्पेसिफिकेसनलाई निरन्तरता दिइएको छ । 

११०. नेपाल राष्ट्र बैंकका आठ स्थानमा रहेका नोटकोष र वाणिज्य बैंकमा रहेका ७२ वटा नोटकोषमार्पmत बैंक÷वित्तीय संस्था, सहकारी र सरकारी निकाय तथा सर्वसाधारणलाई आवश्यक पर्ने मुद्राको सहज आपूर्ति हुँदै आएको छ । तोकिएका वाणिज्य बैंकमा रहेका महा प्रसाद अधिकारी गभर्नर ज्ञड विभिन्न शाखा कार्यालयबाट भइरहेका नोटकोष कारोबारको च्भब ित्ष्mभ को अद्यावधिक विवरणसहितको रिपोर्ट इलष्लिभ मार्फत तत्काल प्राप्त गर्न २०८० साउन १ गतेदेखि ल्यतभ ऋजभकत त्चबलकबअतष्यल क्यातधबचभ, सञ्चालनमा ल्याइएको छ । 

१११. नोट राष्ट्रको सम्पत्ति भएको हुँदा यसको जतन साथ प्रयोग गर्नेसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । साथै, बैंकले सफा नोट नीतिको प्रभावकारी कार्यान्वयनका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको निरीक्षण गरी सुझाव तथा निर्देशन दिने कार्यलाई निरन्तरता दिँदै आएको छ । मानव संशाधन व्यवस्थापन 

११२. जनशक्ति व्यवस्थापन विभागको नाम परिवर्तन गरी मानव संसाधन व्यवस्थापन विभाग कायम गरिएको छ । 

११३. नेपाल राष्ट्र बैंक मानव संसाधन योजना (२०८०÷८१–२०८४÷८५) कार्यान्वयनमा ल्याई सोको अर्धवार्षिक समीक्षा गरिएको छ । साथै, तालिम तथा क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । 

११४. यस बैंकमा २०८० फागुन मसान्तमा अधिकृतस्तरमा ६३४, सहायकस्तरमा ४४१ र श्रेणी विहीन कार्यालय सहयोगी स्तरमा ७२ गरी कुल १,१४७ कर्मचारी कार्यरत छन् । जसमध्ये ३११ जना महिला र ८३६ जना पुरुष कर्मचारी छन् । कार्यरत कर्मचारीमध्ये अधिकृत र सहायकस्तरका कर्मचारी (सहायक, प्रधान सहायक र कार्यालय सहयोगी) को अनुपात १.२३ः१ रहेको छ । 

११५. आर्थिक वर्ष २०७९÷८० मा आह्वान गरिएको खुला प्रतियोगितात्मक विज्ञापनमार्फत अधिकृत तृतीय र सहायक द्वितीय श्रेणीमा क्रमशः १८ जना र २४ जनालाई स्थायी नियुक्ति दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा आह्वान गरिएको विज्ञापनमार्फत अधिकृतस्तरमा १५ जना र सहायकस्तरमा १५ जना बढवुाद्वारा पूर्ति गरिएका छ । 

११६. समीक्षा अवधिमा करारतर्पm २८ पदमा खुला प्रतियोगितामार्फत पूर्ति गरिएको छ । साथै, प्रशासन सेवामा २६ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ६ गरी अधिकृतस्तरमा ३२ जना, सहायकस्तरतर्पm प्रशासन सेवामा २४ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ११ गरी कुल ३५ जना कर्मचारी नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । 

११७. समीक्षा अवधिमा अनिवार्य अवकाश लिई कुल १६ जना कर्मचारी बैंक सेवाबाट अलग भएका छन् । 

आन्तरिक लेखापरीक्षण 
११८. बैंकिङ विभाग, मुद्रा व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग र प्रदेशस्थित सबै कार्यालयको आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासिक अवधिको गैरस्थलगत लेखापरीक्षण गरी प्रतिवेदन तयार भएको छ । 

११९. लेखापरीक्षण समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सञ्चालक समितिसमक्ष पेस गरिएको छ भने आन्तरिक लेखापरीक्षण विभागको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन तयार भएको छ । 

१२०. आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा आर्थिक वर्ष २०७९–८० को वार्षिक अवधिको जोखिममा आधारित लेखापरीक्षण कार्य सम्पन्न गरी कैफियत तथा सुझावसहितको प्रतिवेदन तयार गरिएको छ । 

१२१. बैंकको चौथो रणनीतिक योजनाअनुरूप क्ष्लतभचलब िऋयलतचय िइउभचबतष्यलब िःबलगब िको मस्यौदा तयार भएको छ । 

१२२. आन्तरिक लेखापरीक्षणको कार्य च्ष्कप(दबकभम क्ष्लतभचलब िब्गमष्त म्यानुअलअनुसार सम्पादन गरिएको छ । साथै, क्ष्लतभचलब िब्गमष्त ऋजबचतभच लाई समयसापेक्ष संशोधन गरिएको छ । 

वित्त व्यवस्थापन 
१२३. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाबमोजिम बैंकको वार्षिक तथा मासिक वित्तीय अवस्थाको विवरण नियमित रूपमा तयार गरी प्रकाशन गर्ने गरिएको छ । 

१२४. आर्थिक वर्ष २०७९÷८० को वार्षिक लेखापरीक्षणको कार्य ऐनद्वारा निर्दिष्ट समयावधिभित्र सम्पादन गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा बैंकको खुद आय रु.६० अर्ब ४८ करोड रहेको र सोबाट बचत रकम रु.२५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएबमोजिम अधिकांश रकम उपलब्ध गराइसकिएको छ । 

१२५. साविकको नेपाल राष्ट्र बैंक लगानी निर्देशिका, २०६८ लाई समयानुकूल संशोधन गरीे ‘नेपाल राष्ट्र बैंक लगानी निर्देशिका, २०८०’ को मस्यौदा तयार भएको छ । 

१२६. बहालवाला कर्मचारीको मासिक तलबभत्ता र करकट्टीसम्बन्धी अभिलेख कम्प्युटर सफ्टवेयरमार्फत तयार गर्ने प्रयोजनको लागि आवश्यक क्बबिचथ बलम त्बह ःयमगभि र सेवानिवृत कर्मचारीहरूको मासिक पेन्सन र करकट्टीसम्बन्धी अभिलेख कम्प्युटर सफ्टवेयरमार्फत तयार गर्ने प्रयोजनको लागि आवश्यक एभलकष्यल बलम त्बह ःयमगभि को द्यगकष्लभकक च्भत्रगष्चझभलत तयार गरी सोसम्बन्धी आवश्यक कम्प्युटर सफ्टवेयर खरिद गर्न प्रक्रिया अघि बढाइएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय जानकारी 
१२७. वित्तीय जानकारी इकाइको प्रतिवेदनअनुसार २०८० फागुन मसान्तसम्म ३,८६९ वटा शङ्कास्पद कारोबार÷गतिविधि प्रतिवेदन प्राप्त भएको छ । यस अवधिमा इकाइले ९७५ वटा प्रतिवेदन विश्लेषण गरेकोमा ४०८ वटा पछि अन्य कुनै सूचना प्राप्त भएमा पुनः विश्लेषण गर्नेगरी अभिलेखीकरण गरेको छ भने ५६७ वटा प्रतिवेदन अनुसन्धान÷अनुगमनका लागि अनुसन्धानकारी÷नियामक निकायमा पठाइएको छ । 

१२८. ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू, जीवन÷निर्जीवन बीमा, लघु बीमा तथा पुनर्बीमा कम्पनी, विप्रेषणसम्बन्धी कार्य गर्ने संस्था, धितोपत्र व्यवसायी, लघुवित्त संस्था, सहकारी संस्था, भुक्तानीसम्बन्धी कार्य गर्ने संस्था, मुद्रा सटहीसम्बन्धी कार्य गर्ने संस्था, क्यासिनो व्यवसाय, बहुमूल्य धातु तथा पत्थरसम्बन्धी कारोबार गर्ने व्यवसाय, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, घर जग्गा खरिद बिक्री व्यवसायीलगायत जम्मा १,४८१ वटा सूचक संस्थालाई वित्तीय जानकारी इकाइको नयब्ःी क्थकतझ मा आबद्ध गरिएको छ । 

१२९. यसैगरी, नेपाल प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभागलगायतका अनुसन्धानकारी निकाय तथा नेपाल राष्ट्र बैंकका नियामकीय÷सुपरिवेक्षकीय विभागहरू, सहकारी विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायतका नियामकीय÷सुपरिवेक्षकीय निकायलाई समेत सूचना सम्प्रेषणका लागि नयब्ःी क्थकतझ मा आबद्ध गरिएको छ । 

१३०. वित्तीय जानकारी इकाइले सूचना तथा तथ्याङ्कलाई सम्भावित जोखिमबाट जोगाउन र नयब्ःी क्थकतझ को डाटा रिकभरी प्रणाली सुनिश्चित गर्न डिजास्टर रिकभरी साइटको व्यवस्था मिलाएको छ । 

१३१. इकाइले यस अवधिमा संयुक्त अरब इमिरेट्सको फाइनान्सियल इन्टेलिजेन्स युनिट, यूएई ९ग्ब्भ् ँक्ष्ग्० र त्जभ क्गउभचखष्कयचथ बलम ँष्लबलअष्ब िक्ष्लायचmबतष्यल ब्गतजयचष्तथ या तजभ ज्यथि क्भभरख्बतष्अबल ऋष्तथ क्तबतभ ९ब्क्क्ष्ँ० सँग छुट्टाछुट्टै सूचना आदानप्रदान सम्बन्धी समझदारीपत्र ९ःयग्० मा हस्ताक्षर गरेको छ । सूचना आदानप्रदानका लागि ःयग् मा हालसम्म १९ वटा विदेशी ँक्ष्ग् हरूसँग हस्ताक्षर भएको छ । 

१३२. इकाइले अन्तर्राष्ट्रिय सूचना सञ्जाल भ्नmयलत क्भअगचभ ध्भद ९भ्क्ध्० मार्फत २०८० फागुन मसान्तसम्म १८ पटक विदेशी समकक्षी निकायसँग सूचना आदानप्रदान गरेको छ । 

१३३. वित्तीय कारबाही कार्यदल ९ँब्त्ँ० को अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबमोजिम एसिया प्यासिफिक समूह ९ब्एन्० ले सन् २०२२÷२३ मा गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदन सेप्टेम्बर, २०२३ मा सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक भएपश्चात् सबै सम्बद्ध निकायले रणनीति तथा आगामी कार्यदिशा तय गरी सोको कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी रहेको छ । यस कार्यमा इकाइले सबै निकायसँग समन्वय गर्दै आएको छ । 

बैंकिङ कारोबार 
१३४. आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रयमाससम्ममा सरकारी कारोबार गर्ने विभिन्न वाणिज्य बैंकका उपत्यकाबाहिरका १६ र उपत्यकाभित्रका २ गरी कुल १८ वटा बंकै का केन्द्रीय÷शाखा कार्यालयको सरकारी कारोबारको निरीक्षण सम्पन्न गरिएको छ । 

१३५. आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्ममा यस बैंकका प्रादेशिक कार्यालय र अन्य वाणिज्य बैंकमा रहेका १२ वटा भा.रु. कोषमध्ये ६ वटा भा.रु. कोषको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । साथै, यस वर्षको सोही अवधिमा प्रदेशस्थित कार्यालयहरूको इलेक्ट्रोनिक चके क्लियरिङ ९भ्ऋऋ० तथा अन्तरबैंक भुक्तानी प्रणाली ९क्ष्एक्० को कार्यान्वयनको अवस्था सम्बन्धमा ८ वटा स्थलगत अनुगमन सम्पन्न गरिएको छ । 

१३६. यस बैंकको बैंकिङ विभागबाट सर्वसाधारणलाई प्रदान हुँदै आएको विदेशी मुद्राको सटही सुविधा बैंकहरूबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । 

सम्पत्ति तथा सेवा व्यवस्थापन 
१३७. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भई सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) बाट निर्माण भइरहेको यस बैंकको बालुवाटारस्थित भवनको पुनर्निर्माण कार्य २०८० फागुन मसान्तसम्ममा शतप्रतिशत र थापाथलीस्थित भवनको करिब ९९ प्रतिशत (अपरिष्कृत) सम्पन्न भई इकाइबाट हस्तान्तरणको प्रक्रियामा रहेको छ । 

१३८. देशको प्रादेशिक संरचनाअनुरूप कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा भवन निर्माण गर्न विस्तृत ःबकतभच एबिल, म्चबधष्लन, म्भकष्नल, त्भअजलष्अब िक्उभअषष्अबतष्यल र ऋयकत भ्कतष्mबतभ तयार भएको छ । 

१३९. २०८० माघदेखि डिजिटल कलर प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याई बैंकका क्यालेन्डर, एकीकृत निर्देशन, वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैंक समाचार वार्षिकोत्सव विशेषाङ्कसहित बैंकका अन्य प्रकाशनहरू आफ्नै प्रेसबाट छपाइ गर्ने कार्य सुरु गरिएको छ । यसबाट छपाइ खर्च मितव्ययी हुने अपेक्षा गरिएको छ । 

संस्थागत योजना तथा जोखिम व्यवस्थापन 
१४०. आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्ययोजनाको वार्षिक मूल्याङ्कन एवम् समीक्षा र आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्ययोजनाको दोस्रो त्रयमाससम्मको मूल्याङ्कन एवम् समीक्षा कार्य सम्पन्न भएको छ । 

१४१. बैंकको आर्थिक वर्ष २०८०–८१ को बैंकको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) सञ्चालक समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको छ । साथै, आर्थिक वर्ष महा प्रसाद अधिकारी गभर्नर द्दद्द २०८०–८१ को लागि बजेट स्वीकृत हुँदा सञ्चालक समितिबाट बजेट प्रणालीलाई मितव्ययी, प्रभावकारी र परिणाममुखी ढङ्गले कार्य गर्न÷गराउन सम्बन्धित विभाग÷कार्यालय÷महाशाखा÷इकाइलाई १४ बुँदे निर्देशन जारी गरिएको छ । 

१४२. बैंकको जोखिम व्यवस्थापन कार्यलाई समायानुकूल तथा थप प्रभावकारी बनाउने उद्देश्यले विद्यमान नीतिगत व्यवस्थालाई परिमार्जन तथा अद्यावधिक गरी नयाँ नीतिगत व्यवस्था गरिएको छ । सोअन्तर्गत च्ष्कप ःबलबनझभलत एयष्अिथ, द्दण्द्दघस च्ष्कप ःबलबनझभलत म्ष्चभअतष्खभ, द्दण्द्दघ र च्ष्कप ःबलबनझभलत एचयअभमगचभ, द्दण्द्दघ स्वीकृत गरी लागू गरिएको छ । 

१४३. बैंकको व्यवसाय निरन्तरता सम्बन्धमा नीतिगत व्यवस्था गर्न द्यगकष्लभकक ऋयलतष्लगष्तथ एबिल, द्दण्द्दद्ध तर्जुमा गरी लागू गरिएको छ । 

१४४. कार्यसम्पादनको क्रममा निस्कने फोहोरजन्य तथा काम नलाग्ने वस्तुको न्यूनीकरण र तिनको व्यवस्थापनको लागि ध्बकतभ ःबलबनझभलत बलम एजथकष्अब िक्ष्लतबपभ एयष्अिथ, द्दण्द्दद्ध लागू गरिएको छ । 

१४५. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९इ७ः० सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यविधि, २०८०’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ । 

सूचना प्रविधि 
१४६. इथिmउष्अ द्यबलपष्लन क्थकतझ लाई प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि बैंकको म्बतब ऋभलतचभ बाट सञ्चालन गर्न नसकिने अवस्थामा बैंकले स्थापना गरेको म्च् क्ष्तभ बाट तुरुन्त सञ्चालन गर्नसक्ने अवस्थाको सुनिश्चितताको लागि म्च् एबिल र म्च् म्चष्िि एचयअभमगचभ स्वीकृत गरी पहिलोपटक म्च् म्चष्िि गर्ने कार्यसमेत सम्पन्न भएको छ । 

१४७. ल्च्द्य क्ष्लतचबलभत ९ज्यmभ० एबनभ, ीऋ क्थकतझ, ँह्इी क्थकतझ, ब्ऋ(क्त्ब्त्ग्क् क्थकतझ तथा न्गलबकय क्थकतझ को लागि ँबििदबअप क्भचखभच तयार गरी कार्यान्वयनमा ल्याइएको छ । 

१४८. बाह्य स्रोतबाट खरिद गरिएको क्ष्लखभलतयचथ ःबलबनझभलत क्थकतझ क्यातधबचभ पोखरा, सिद्धार्थनगर, वीरगञ्ज र सुर्खेत कार्यालयमा सञ्चालनमा ल्याइएको छ । बैंकर्स प्रशिक्षण केन्द्र र एकल विन्दु सेवा केन्द्रलाई बैंकको केन्द्रीय नेटवर्क प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको छ । 

१४९. बैंकमा सफ्टवेयर निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित गर्न ‘सफ्टवेयर विकास, सञ्चालन, सपोर्ट तथा व्यवस्थापन कार्यविधि, २०८०’ कार्यान्वयनमा ल्याइएको छ । 

कानुनी कामकारबाही 
१५०. यस बैंकको निर्देशन उल्लङ्घन गरेका कारण बैंक तथा वित्तीय संस्था र संलग्न पदाधिकारीलाई गरिएको नियामकीय कारवाहीउपरका पुनरावेदन र यस बैंकलाई समेत विपक्षी बनाई विभिन्न अदालतमा २०८० फागुन मसान्तसम्ममा (प्रदेशस्थित कार्यालयसँग सम्बन्धित समेत गरी २१७ वटा मुद्दा विचाराधीन छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा यस बैंकसँग सम्बन्धित ६१ वटा मुद्दाको फैसला भएको छ । 

१५१. मुद्दा मामिलासम्बन्धी कागजातलाई ीष्तष्नबतष्यल ःबलबनझभलत क्यातधबचभ ९ीःक्० मार्फत डिजिटाइजेसन प्रक्रियामा लैजान हालसम्म १५० वटा मुद्दा मामिलासम्बन्धी कागजात ग्उयिबम गरिएको छ । कर्मचारी सापटीसम्बन्धी कागजातलाई डिजिटाइजेसन प्रक्रियामा लैजान कर्मचारी सापटीसम्बन्धी कागजात त्बmकगप ःबलबनझभलत क्यातधबचभ ९त्ःक्० मा क्रमशः ग्उयिबम गर्दै लगिएको छ । 

वित्तीय समावेशिता तथा ग्राहक संरक्षण 
१५२. वित्तीय समावेशीकरण अभिवृद्धिको लागि वित्तीय समावेशीकरण नीति तर्जुमा गरिएको छ भने राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिको मस्यौदा तयारी अन्तिम चरणमा रहेको छ । साथै, समावेशिता मापनका लागि ँष्लबलअष्ब िक्ष्लअगिकष्यल क्ष्लमभह तयार गर्ने कार्यसमेत भइरहेको छ । 

१५३. वित्तीय समावेशिता प्रवद्र्धनका लागि सञ्चालित क्भ्म्च्ब् परियोजना एजबकभ क्ष्क्ष्क्ष् को नेपाल सरकार, अर्थ मन्त्रालयसँग ँगलम ऋजबललभष्लिन ब्नचभझभलत कार्य सम्पन्न भई वाणिज्य बैंकहरूसँग इल भिलमष्लन ब्नचभझभलत सम्पन्न भएको छ भने च्भखयखिष्लन ँगलम इउभचबतष्यल कार्य व्यवस्थापनको लागि कार्यविधि तयारीको क्रममा छ । 

१५४. डिजिटल÷वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकको सामाजिक सञ्जालमा प्रत्येक मङ्गलबार वित्तीय साक्षरता सन्देश प्रकाशन गर्ने गरिएको छ । डिजिटल विद्युतीय भुक्तानी कारोबारमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न वित्तीय सचेतनाका लागि च्ष्लन द्यबअप त्यलभ ९च्द्यत्० मार्फत ल्भउब ित्भभिअयm र ल्अभिि ब्हष्बतब मार्फत सूचना सम्प्रेषण गरिएको छ । 

१५५. वित्तीय साक्षरतासम्बन्धी विभिन्न विषयमा भिडियो निर्माण गरी यस बैंकको सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको छ । औपचारिक वित्तीय सेवा उपयोग गरी उद्यम सञ्चालन गरिरहेका उद्यमीहरूको कथालाई समेटेर ‘गरिखानेका कथा’ नामक वृत्तचित्र निर्माण गरी प्रसारण गरिएको छ । वित्तीय साक्षरतासम्बन्धी च्बमष्य व्ष्लनभि सामग्रीहरू विभिन्न रेडियो स्टेशनमार्फत देशभर प्रसारण भइरहेको छ । 

१५६. वित्तीय साक्षरताका लागि यस बैकं को उद्देश्यअनुरूप सम्पादन हुने मुख्य कार्यहरूमा केन्द्रित रही एयमअबकतक निर्माण गर्दै यस बैंकको थ्यगत्गदभ ऋजबललभ िमार्फत प्रसारण भइरहेको छ । 

१५७. वित्तीय साक्षरतासम्बन्धी कार्यमा एकरूपता तथा सहजीकरणका लागि ‘वित्तीय साक्षरता कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्ड, २०८०’ लागू भएको छ । यसैगरी, वित्तीय साक्षरतासम्बन्धी तालिमलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त प्रशिक्षक तयार गर्ने उद्देश्यले वित्तीय साक्षरता प्रशिक्षकका लागि त्इत् कार्यक्रम सम्पन्न गरी २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गरिएको छ । 

१५८. ुएचयतभअत थयगच mयलभथ, कभअगचभ थयगच ागतगचभु भन्ने मूल नाराका साथ २०८० चत्रै ५ देखि ११ सम्म न्यिदब िःयलभथ ध्भभप द्दण्द्दद्ध देशभर मनाइएको छ । साथै, वित्तीय साक्षरता रूपरेखा, २०७९ बमोजिम अन्य संस्थाको समन्वयमा लक्षित समूहलाई समेटी विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएका छन् । 

१५९. ःबचपभत ऋयलमगअत क्गउभचखष्कष्यल थालनीको लागि नेपाल राष्ट्र बैंक, निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा आवश्यक संशोधन गरिएको छ । यसका लागि बजार आचरण सुपरिवेक्षणसम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ । 

१६०. वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा अनलाइन पोर्टल, इमेल, लिखित निवेदन तथा टेलिफोन र हेलो सरकारमार्फत २०८० वैशाखदेखि फागुन मसान्तसम्ममा २,४४९ वटा गुनासो समाधान भएका छन् । 

अध्ययन÷अनुसन्धान÷तालिम÷सम्मेलन 
१६१. आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्ययोजनाअनुरूप ब्उउचयउचष्बतभलभकक या ःयलभतबचथ एयष्अिथ त्बचनभतक ष्ल ल्भउब,ि त्जभ म्भनचभभ या भ्हअजबलनभ च्बतभ ःष्कबष्निलmभलत बलम ष्तक क्ष्mउबअत यल भ्अयलयmष्अ न्चयधतज र ब् क्तगमथ यल तजभ भाभअत या ँयचभष्नल भ्हअजबलनभ ँबअष्ष्तिथ यल क्भचखष्अभ क्ष्mउयचतक विषयक अध्ययन सम्पन्न गरिएको छ । 

१६२. ब् क्गचखभथ च्भउयचत यल ँयचभष्नल म्ष्चभअत क्ष्लखभकतmभलत ष्ल ल्भउब ि९द्दण्द्दज्ञरद्दद्द० अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रकाशन गरिएको छ । शोधनान्तर तथ्याङ्क अद्यावधिक गर्न विदेशी मुद्रा सटही कारोबारसम्बन्धी सर्वेक्षण गरिएको छ । 

१६३. बैंक अफ कोरियाको सहयोगमा सञ्चालन हुने द्यबलप या प्यचभब(प्लयधभिमनभ एबचतलभचकजष्उ एचयनचबm अन्तर्गत सन् २०२३ को लागि ुम्भखभयिउ ःबअचय क्तचभकक(तभकतष्लन ँचबmभधयचप ायच ँष्लबलअष्ब िक्तबदष्ष्तिथ ब्ककभककmभलतु विषयमा अध्ययन सम्पन्न भएको छ । 

१६४. लघुवित्त वित्तीय संस्थाका समस्या र समाधान विषयको विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक भएको छ भने सो प्रतिवेदनको सुझावलाई क्रमशः कार्यान्वयन गर्दै लगिएको छ । 

१६५. क्ष्mउझिभलतष्लन ःबचपभत(दबकभम ःभअजबलष्कm ायच ऋभलतचबष्शिभम क्ष्लतभचदबलप त्चबलकबअतष्यलक विषयको अध्ययन सम्पन्न गरिएको छ । यसैगरी, एभभच(तय(एभभच ीभलमष्लन बलम ऋचयधमागलमष्लन विषयक अध्ययनको मस्यौदा तयार गरी राय सुझावका लागि ऋयलकगतिबतष्खभ म्यअगmभलत प्रकाशन गरिएको छ । 

१६६. ब्कष्बल म्भखभयिऊभलत द्यबलप क्ष्लकतष्तगतभ र ब्कष्ब एबअषष्अ ब्उउष्भिम भ्अयलयmष्अ ब्ककयअष्बतष्यल सँगको सहकार्यमा विभिन्न विषयमा अध्ययन गरी च्भकभबचअज ध्यचपकजयउ सम्पन्न गरिएको छ । 

१६७. पूर्ण डिजिटल बैंक स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययन गरी ुभ्कतबदष्किजष्लन म्ष्नष्तब िद्यबलप ष्ल ल्भउबस् िब् क्तगमथ च्भउयचतु को मस्यौदा तयार भएको छ । 

१६८. नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रहेको, भारतमा डिजिटल पेमेन्टले व्यापकता पाएको र नेपालमा भा.रु. १०० भन्दा ठूला दरका नोट ग्राह्य नभएको अवस्थालाई मध्यनजर गरी भारतीय पर्यटकको एचभाभचचभम म्ष्नष्तब िःयमभ या एबथmभलत सम्बन्धमा सर्वेक्षण÷अध्ययन गरिएको छ । 

१६९. २०८० साउनदेखि फागुन मसान्तसम्ममा बैंकर्स प्रशिक्षण केन्द्रले नियमिततर्फ २४ र अतिरिक्त÷अन्यतर्फ ४ गरी जम्मा २८ वटा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उल्लिखित तालिम कार्यक्रममा ९७६ जना प्रशिक्षार्थीको सहभागिता थियो । 

१७०. समीक्षा अवधिमा त्यचयलतय ऋभलतभच ले यस बैंकका कर्मचारीलाई काठमाडौंमा ुम्ष्नष्तब िँष्लबलअष्ब िक्भचखष्अभक क्गउभचखष्कष्यल ायच ँष्लबलअष्ब िक्ष्लअगिकष्यलु विषयमा तालिम प्रदान गरेको छ । 

१७१. प्रदेशस्थित कार्यालयसँगको समन्वयमा विभिन्न पुरातात्विक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महŒवका विषयवस्तु पहिचान हुनेगरी स्मारिका सिक्का तथा मेडालियन टकमरी गर्ने सन्दर्भमा टक्सार महाशाखाबाट ६ वटा प्रदेशको अध्ययन भई प्रतिवेदनसमेत तयार भइसकेको छ । कर्णाली प्रदेशको अध्ययनपश्चात् प्रदेशका विषयवस्तुलाई समेटेर स्मारिका सिक्का तथा मेडालियन टकमरी गर्ने योजना रहेको छ । 

१७२. २०८० वैशाखदेखि फागुन मसान्तसम्ममा भौतिक रूपमा सम्पन्न भएका अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम, सेमिनार तथा गोष्ठीमा यस बैंकको तर्फबाट ५१९ जनाले सहभागिता जनाएका छन् भने स्वदेशी तालिम तथा कार्यक्रममा (बैकर्स प्रशिक्षण केन्द्रले आयोजना गरेकोबाहेक) २७२ जना कर्मचारीको सहभागिता भएको छ । यसैगरी, अनलाइन माध्यमबाट सञ्चालन भएका वैदेशिक तालिम कार्यक्रममा १४० जना कर्मचारी सहभागी भएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध 
१७३. यस बैंक र भारतीय रिजर्व बैंकका अधिकारीहरूको सहभागितामा व्यष्लत त्भअजलष्अब िऋययचमष्लबतष्यल ऋयmmष्ततभभ ९व्त्ऋऋ० को छैटौँ बैठक २०८० मंसिर १२ गते काठमाडौंमा सम्पन्न भएको छ । 

१७४. अन्तर्राष्ट्रिय मुद्रा कोषको भ्हतभलमभम ऋचभमष्त ँबअष्ष्तिथ ९भ्ऋँ० ःष्ककष्यल को त्जष्चम च्भखष्भध २०८० असोज ४ देखि १७ सम्म काठमाडौंमा सम्पन्न भएको छ । यसैगरी, २०८० वैशाखदेखि हालसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ६ वटा विभिन्न विषयमा प्राविधिक सहयोग प्राप्त भएको छ । 

१७५. नेपाल र भारतबीच सीमापार विद्युतीय भुक्तानी ९ऋचयकक(दयचमभच म्ष्नष्तब िएबथmभलतक० का लागि भारतको ग्एक्ष् र नेपालको ल्एक्ष् लाई एकीकृत गर्ने प्रयोजनार्थ यस बैंक र भारतीय रिजर्व बैंकबीच नियमन र सहजीकरण विषयका सर्तहरूबारे हस्ताक्षर भएको छ । 

१७६. विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा विकासका लागि आवश्यक सहकार्य गर्न यस बैंक र क्ष्लतभचलबतष्यलब िँष्लबलअभ ऋययउभचबतष्यल बीच ऋययउभचबतष्यल ब्नचभझभलत गरिएको छ । 

विविध 
१७७ यस बैंकका प्रथम गभर्नर स्व. हिमालय शम्शेर ज.ब.रा.को सम्झनामा प्रत्यके वर्ष लेक्चर आयोजना गर्ने अभिप्रायले यसै वर्षबाट ुज्ष्mबबिथब क्जगmकजभच ःझयचष्ब िीभअतगचभु कार्यक्रम आरम्भ गरिनेछ । 

१७८. संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेको त्भअजलष्अब िऋययउभचबतष्यल ग्लष्त लाई गभर्नरको कार्यालयमा स्थानान्तरण गरी क्ष्लतभचलबतष्यलब िम्ष्खष्कष्यल अन्तर्गत सञ्चालनमा ल्याइएको छ । 

१७९. नेपाल राष्ट्र बैंकको निमन्त्रणा वा बैंकसँग सम्बन्धित कामको सिलसिलामा नेपाल भ्रमणमा आउने विदेशी अतिथिको शिष्टाचार तथा लियाजन कार्यलाई थप व्यवस्थित गरी एकरूपता कायम गर्न ‘नेपाल राष्ट्र बैंक शिष्टाचार मार्गदर्शन, २०८०’ जारी गरिएको छ । 

१८०. नेपाल राष्ट्र बंकै लाई अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने प्राविधिक सहायता तथा बैंक र अन्तर्राष्ट्रिय निकायबीच हुने समझदारीपत्रको आदानप्रदान कार्यलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक विदेशी प्राविधिक सहायता तथा समझदारीपत्र मार्गदर्शन, २०८०’ जारी गरिएको छ । 

अन्त्यमा, 
१८१. चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको छ । निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका छन् । शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ । 

१८२. आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । तथापि, बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा छ । वित्तीय स्थायित्वका लागि विभिन्न नियमनकारी व्यवस्था गरिएको छ । वित्तीय क्षेत्रसहित समिष्टगत आर्थिक स्थायित्वलाई नेपाल राष्ट्र बैंकले सदैव प्राथमिकतामा राख्दै आएको छ । 

१८३. यस बैंकको उद्देश्य प्राप्तिमा संलग्न सबै कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ । वार्षिकोत्सवको यस गरिमामय अवसरमा बैंकका सम्पूर्ण कर्मचारी र अन्य सम्बद्ध सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै बैंकको उद्देश्य प्राप्तिमा आगामी दिनमा अझ क्रियाशील हुँदै बैंकको गरिमा उच्च राख्नेगरी काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई निर्देश गर्दछु । 

१८४. वार्षिकोत्सवको अवसरमा २० वर्षे सेवा उपहारबाट सुशोभित हुनुहुने कर्मचारीहलाई बधाई ज्ञापन गर्दै उहाँहरूको बैंकप्रतिको समर्पणको सम्मान गर्दछु । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत हुने सम्पूर्ण कर्मचारीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यसैगरी, सबैभन्दा बढी रेमिट्यान्स भिœयाउने र डिजिटल कारोबार गर्ने संस्थालाई पनि यस अवसरमा बधाई ज्ञापन गर्दछु । बंकै को ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित आर्थिक लेख, खेलकुद, बालचित्रकला लगायतका विभिन्न प्रतियोगिताका विजेतालाई पनि हार्दिक बधाई ज्ञापन गर्दछु । 

१८५. यस बैंकको कामकारबाहीमा निरन्तर सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका संघसंस्था, सञ्चार क्षेत्र, प्रबुद्ध वर्ग, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र सर्वसाधारण सबैमा यस अवसरमा धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा पनि सम्बद्ध सबै पक्षबाट बैंकलाई निरन्तर सहयोग प्राप्त हुनेमा विश्वस्त छु । 

धन्यवाद ! 
१४ वैशाख २०८१

Advertisement