पाँच लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै सिद्धार्थ बैंक

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले शेयरधनी सञ्जयकुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाल यो शेयर बैंकका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउँछन् । खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंस्थित कम्पनीसचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा गैरसंस्थापक व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement