नाफा घटेपछि बैंकहरूले तिर्ने आयकरमा पनि गिरावट, कुन बैंकले कति तिरे ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा घट्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि गिरावट आएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा बैंकहरूले सरकारलाई तिर्ने आयकरमा ३.७५ प्रतिशतले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले देखाएको हो ।

Advertisement

२० वाणिज्य बैंकले गत आवको चैत मसान्तसम्म आफ्नो कुल नाफाबाट १९ अर्ब ९९ करोड ७५ लाख रुपियाँ कर तिरेका थिए । तर, अहिले भने  १९ अर्ब २४ करोड ७२ लाख रुपियाँमा सीमित भएको छ । गत आर्थिक वर्षभरमा भने बैंकहरुले सरकारलाई २६ अर्ब २ करोड ३७ लाख रुपियाँ कर तिरेका थिए । 

बैंकहरूको नाफा घट्दा कर भुक्तानी पनि घटेको हो । समीक्षा अवधिमा बैंकहरूको कुल नाफा नाफा १२.१० प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म बैंकहरूले ६८ अर्ब १८ करोड ३९ लाख रुपियाँ नाफा गरेका थिए । तर, अहिले त्यो ५९ अर्ब ९३ करोड ३ लाख रुपियाँमा सीमित भएको छ । बैंकहरूले सरकारलाई ३० प्रतिशत आयकर तिर्नुपर्ने प्रावधान छ । 

कर तिरेपछि बैंकहरूको खुद नाफा ४० अर्ब ६८ करोड ३० लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.४७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड ४९ लाख रुपियाँ रहेको छ ।

समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा धेरै कर तिरेको छ । बैंकले १ अर्ब ९६ करोड ६५ लाख रुपियाँ आयकर तिरेको देखिन्छ ।

दोस्रो स्थानमा भने प्रभु बैंक रहेको छ, उसले १ अर्ब ५५ करोड ७३ लाख रुपियाँ आयकर तिरेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने १ अर्ब ४१ करोड ६ लाख रुपियाँ आयकर तिरेको छ । 

undefined

Advertisement