परेड रिहर्सल गर्दा मलेसियामा दुई हेलिकप्टर एकापसमा ठोक्किए, १० जनाको मृृत्यु

Advertisement

काठमाडौं । मलेसियामा दुई नेभी हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । 

रोयल मलेसियन नेभी परेडको रिहर्सल गर्दा दुर्घटना भएको हो । मृतक सबै नेभीका क्रू मेम्बर्स हुन् । 

Advertisement

नेभीले आफ्नो ९०औं वार्षिकोत्सव परेडका लागि रिहर्सल गरिरहेको थियो । सो समयमा एचओएम (एम५०३–३) हेलिकप्टर फेनेक हेलिकप्टरको रोटरसँग ठोक्कियो । 

दुर्घटनापछि फेनेक हेलिकप्टर स्विमिङ पुलमा खसेको थियो भने एचओम हेलिकप्टर लुमुत बेसको स्टेडियमनजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् । 

बीबीसीका अनुसार मंगलबार बिहान साढे नौ बजेतिर पेराक, नेभल बेसमा दुर्घटना भएको हो । समाचार संस्था रोयटर्सका अनुसार मृतक सबैको उमेर ४० वर्षभन्दा कम रहेको छ । 
 

Advertisement