क्रेस्ट माइक्रो लाइफले गर्यो अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए । 

समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता भएको बताउँदै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरे । 

Advertisement

आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागिताको अपेक्षासहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

उक्त समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तब्यसहित स्वागत गरेका थिए । 


 

Advertisement

Advertisement