आजको मौसम : यी प्रदेशमा हुँदैछ वर्षा र हावाहुरी

Advertisement

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।

जल तथा मौस विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरी चल्नेछ । 

त्यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । 

लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको पनि विभागको पूर्वानुमान छ ।

Advertisement