सगरमाथा आरोहण गर्नुअघि लोबुजे पिक चढे सशस्त्र प्रहरीका वरिष्ठ निरीक्षक सुरज पौडेल

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ निरीक्षक सुरज पौडेलले लोबुजे पिकको सफल आरोहण गरेका छन् । उक्त पिकको सफल आरोहणसँगै पौडेल सशस्त्र प्रहरी बलबाट लोबुजे पिक आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।  

६ हजार ९० मिटर उचाइमा रहेको लोबुजे पिकको उनले आज बिहान ८ बजेर ३० मिनेटमा सफल आरोहण गरेका इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सह–संस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिए ।

Advertisement

उनले यसपछि सगरमाथाको आरोहण गर्ने शेर्पाले बताए । सगरमाथाको सफल आरोहणसँगै पौडेल सगरमाथा आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बल वरिष्ठ निरीक्षक बन्ने आशामा छन् ।  

Advertisement