काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ ।
मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई कारबाही गरेको हो ।
हवाई उडान तथा सुरक्षा सम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पाइलटमाथि कारबाही गरिएको प्राधिकरणको भनाइ छ ।