आईसीसी अभियोजकद्वारा इजरायली र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन् । 

करीम खानले नेतान्याहु र इजरायली रक्षामन्त्री योभ गालान्टले गाजा पट्टीमा अक्टोबर ८, २०२३ देखि भएका युद्ध अपराध र मानवता विरुद्धको अपराधको जिम्मेवार रहेको भन्दै पक्राउ पुर्जीको आवेदन दिएका हुन् । 

Advertisement

तीन हमास नेताहरू याह्या सिनवार, मोहम्मद दीब इब्राहिम अल–मसरी (डेफ) र इस्माइल हनियाह हुन् । जसलाई आईसीसी अभियोजकले इजरायलको भूमि र गाजा पट्टीमा अक्टोबरदेखि गरिएको युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि जिम्मेवार रहेको बताए । सिन्ह्वा–नान

Advertisement

Advertisement