मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा हुँदैछ वर्षा, शनिबार पनि जारी रहने

Advertisement

काठमाडौं । अहिले कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ ।

राति भने कोशी, मधेश र  बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

विभागका अनुसार भोलि (शनिबार) कोशी, गण्डकी, कर्णाली र बागमती प्रदेशका हल्का वर्षाको सम्भावना छ ।

Advertisement

Advertisement