संसदमा सत्तापक्ष र विपक्षबीच मुठभेडको तनावपूर्ण स्थिति

Advertisement

काठमाडौं । संसदमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै रोष्टममा नाराबाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले रोक्न खोजेपछि मुठभेडको तनावपूर्ण स्थिति सिर्जना भएको छ । 

लामिछानेलाई रोक्ने क्रममा कांग्रेसका धनराज गुरुङले नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चर्को नारा लगाएपछि सत्ता पक्षका साँसदहरु पनि आक्रोसित भएर धकेलाधकेलमा पुगेका थिए । 

Advertisement

नेपाली कांग्रेसको अवरोधका बीच सभामुख घिमिरेले कार्यसूची अगाडि बढाएका थिए । त्यसैक्रममा गृहमन्त्रीलाई बोल्न समय दिएपछि स्थिति असामान्य भएको हो । त्यसअघि सभामुख घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका थिए । विरोधका बीच कार्यसूची अघि बढाएपछि राष्ट्रिय  प्रजातन्त्र पार्टीका साँसदहरुले पनि विरोध जनाएका थिए । 

Advertisement

Advertisement