लाभांबिनै हिमाल दोलखा हाइड्रोको साधारणसभा बस्दै

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज एकसाथ बस्दैछ । 

सभा, केएम ब्यांक्वेट, कोटेश्वर, काठमाडौंमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । 

Advertisement

यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

यसअघि गत चैत २९ गते बस्ने भनिएको कम्पनीको साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । 

सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, सभाले आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गरिसकेको छ । अतः चैत १७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागी हुन पाउनेछन् । 


 

Advertisement

Advertisement