अमेरिकाले भिसा नदिएपछि सन्दीप क्रिकेट खेल्न वेस्ट इन्डिज जाने

Advertisement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी पुरुष टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने भएका छन् । 

नेपाल क्रिक्रटे संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै लामिछाने वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जनाएको छ । 

Advertisement

‘सम्मानित उच्च अदालले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेस गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । 

लामिछाने मे १६ देखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका थिए । तर अमेरिकाले भिसा नदिएपछि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरु नेपालका दुई खेलमा लामिछानेको उपस्थिति रहने क्यानले जनाएको छ ।

साथै, क्यानले लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित गरिएका नकारात्मक वक्तव्यबाजी सत्य नरहेको पनि स्पष्ट पारेको छ । 
undefined

Advertisement

Advertisement