काठमाडौं महानगरपालिकाले गर्यो सिंहदरबारभित्रैबाट चार बालश्रमिकको उद्धार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । 

काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए । उनले चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताए । 

Advertisement

जोशीले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताए । उनले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताए । 

भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताउँदै जोशीले बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए । महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भीर रहेको बताए । जोशीले दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताउनु भयो । उहाँले महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताए । 

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।  

Advertisement

Advertisement